चितवन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कन्चनपुर घटनामा भारत नभई नेपाल भारत सीमानामा जहिले पनि अत्याचार गर्दै आएको भन्दै भारतले बलियो छु भन्ने घमण्ड त्याग्नुपर्ने बताएका छन् ।
पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत् शनिबार नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता ओलीले भारतको ज्यादती अहिलेमात्रै नभएको भन्दै कञ्चनपुर घटनाका मृतक गोविन्द गौतमलाई स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि बताएका छन् ।
अध्यक्ष ओलीले भने–‘अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु भन्ने घमन्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ ।’
खालीहात आफ्नो सिमाको रक्षा गर्दा गौतम देशको पछिल्लो सहिद भएको भन्दै उनले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताए ।

No comments:
Post a Comment