भनिन्छ हरेक कुराको सीमा हुन्छ तर सीमा नाघेपछि त्यही कुराले भयङकर रूप पनि लिने गर्दछ आज यस्तै छटना घटेको छ । सुनसरीको धरान १० विशाल पथमा पनि ।
धरान १० विशाल पथ निवासी ईसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङग बर्मैली बिच करिब २ वर्ष अघि फेसबुकमा माया बस्यो र त्यही मायामा दुबैजना डुबे पनि ।
दुवै जना एक अर्कालाई जीवनको पाटो समेत बनाए तर समय बित्दै गएपछि । त्यही, फेसबुकको माया हाल आएर बर्मेली युवती मिन्जुयाङगको जीवनमा ठुला पहाड बनेर अडिएको छ ।
घरबाट निकालिएकी म्यानमारकी मिन्जु याङ पत्रकार सम्मेलनमा बोल्दै। तस्विर : रत्नप्रसाद आचार्य
त्यो पनि समाजीक सञ्जालकै कारण उनको घर तहसनहस भएको छ । फेसबुक मार्फत चिनेका एक बर्मैली युवतीलाई प्रेमको नाटक मात्र गरेका छैनन् ती धराने युवकले । विवाह बन्धनमा समेत बाधेर उनीसँग भएको सबै सम्पत्ति सहित आफैले जन्माएको छोरोको माया समेत लुटिदियो ।
आज मङ्गलवार धरानको होटेल कोरियन रेष्टुरेन्टमा पत्रकार सम्मेलनमा बर्मैली युवती मिन्जुयाङग न्यायका लागी पहल गरिदिनुहुन पत्रकार सामु हार गुहार समेत गरिन । नेपाली भाषा भेषभुषा समेत नबुझेकी ती युवती धराने युवा इसुनको माया जालमा परेर सारा संसार त्यागेपनि तीनै राई आज उनलाई बेनाम बनाउन खोजेको आरोप उनको छ ।
सम्मेलनमा उनले भनिन, “करिब २ वर्ष पहिले मेरो र धराने युवक ईसुन राईको फेसबुकमा माया बस्यो त्यसपछि मैले नि ती युवकलाई मेरै कमाइको पैसाले सिंगापुरमा टयुरीष्ट भिसामा सिंगापुर बोलाए ।
हाम्रो भेट भयो । त्यसपछि, हामी अझ गहिरो मायामा पर्याै । केही समय पछि हामी सुनसरीको धरान आएर होटेल ड्रिम ल्याण्डमा विवाह पनि ग¥र्याै ।
विवाह हुँदा सम्म राम्रै थियो । विवाहको करिब १ वर्षपछि छोरा ईथन राईको जन्म भयो । त्यति बेला सम्म सिगापुर पुगिसक्ने मेरो भिसाको समय पनि कम भएकाले म मेरो छोरा ४५ दिनको हुँदा आफ्नो बच्चा बुवा ईसुन राईलाई जिम्मा लगाएर भिसाको समय थप्न सिंगापुर गए र त्यही काम पनि गर्न थाले ।
इसुन राई मिन्जु र साथमा उनका १ वर्षिय छोराको जन्मदिनमा
त्यति मात्र नभएर आफ्नो बच्चा हेरचाह तथा श्रीमान् राईका लागी पटक पटक गरी करिब ८ लाख रुपैयाँ समेत पठाए ।” आफ्नो बच्चाको जन्म दिनको पार्टीको फोटो देखाउदै उनले भनिन् ।
बर्मेली युवती मिन्जुयाङगका अनुसार, केही समयपछि उनी सुनसरीको धरान आएर श्रीमानसँग बस्न खोजेपछि श्रीमान् ईसुन राई तथा तीनका परिवारले घरकी बुहारी स्वकार गर्न नचाहेको तथा आफूलाई पटक पटक पीडित बनाएको सुनाईन ।
उनले भनिन, मलाई मेरो श्रीमनले बारम्बार धम्की दिँदै आएको छ तिमी विदेशी नागरिक हौ, नेपालमा तिमीले केही गर्न सक्दैनौ जे गर्न मन लाग्छ गर तर तिमी मेरो श्रीमती होइन ? यती मात्र नभएर तीनका घर परिवारमा सासु गङ्गा राई तथ दिदी करुणा राईले समेत बुहारी स्वीकर नगरेकी बताईन ।
उनले भनिन, ईसुन राईले मलाई मेरो पैसाका लागी मात्र माया गरेको जस्तो थियो । उसलाई पैसा नै चाहिन्थ्यो भने किन झुठो माया देखायो । मलाई मेरो वैवाहिक नाता प्रमाणित गरिदिनुपर्यो र मेरो छोरा मलाई दिनुपर्यो ।
सामाजिक न्यायको खोजीमा रहेकी मिन्जुयाङगका अनुसार उनलाई १ वर्षीय छोरासँग समेत भेटन दिइएको छैन भने घरबाट समेत निकाला गरिएको छ ।
उनी हाल बर्मैली राजदूतावासको सहयोगमा धरान १० मै डेरा गरी बस्दै आएकी छिन् । यता यसै विषयमा मिन्जुयाङगका अनुसार उनका श्रीमान् भनिएका ईसुन राईलाई बारम्बार फोन सम्पर्क गर्दा समेत उनको फोन उठेको छैन ।

No comments:
Post a Comment