;
कुनै औजार प्रयोग नगरी पनि कपाल खौरिन सकिन्छ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्ला।
जैन स्थानक भवन पोखरामा बिहीबार नेपाल केशरी डा मणिभद्र मुनि महाराजले आफ्नो कपाल आफ्नै औलाले थुत्दै मुण्डन गरेर देखाए।
यसरी औलाले कपाल चुँडीरहँदा न उनको आँखामा आँसु देखियो, न अनुहारमा पीडा । मुनिहरू कति सहनशील हुन्छन् भन्ने नमूना हो यो। सहनशीलता साधना गरेरमात्र प्राप्त हुन्छ।
कपाल उखेलेर देखाउने जैनमुनिको रहर होइन, परम्परा हो। ऋषि पञ्चमी अघि मुण्डन गर्नुपर्ने जैन धार्मिक परम्पराअनुरूप डा मणिभद्रले कपाल उखेलेका थिए। दुर्इ दिनअघि अक्षतमुनि महाराजले पनि यसरी नै मुण्डन गरेका थिए।
No comments:
Post a Comment