पाँच वर्ष पहिले मरेकी गर्लफ्रेण्डको शव चिहानबाट निकालेर यस्तो गरेपछि… - KTV Khabar

Breaking

पाँच वर्ष पहिले मरेकी गर्लफ्रेण्डको शव चिहानबाट निकालेर यस्तो गरेपछि…

;

एजेन्सी। रुसमा एक युवकले ५ वर्ष पहिले मरिसकेकी गर्लफ्रेण्डको चिहान खने । त्यहाँबाट उनले गर्लफ्रेण्डको शव निकाले । रुसको मेंसचिकोवोका ती युवकले चिहानबाट निकालिएको शवलाई आगो लगाइदिए । यस्तो गर्नुको पछाडि उनले बताएको कारण निकै आश्चर्यजनक छ ।

३० वर्षका युरिय गोलविनलाई प्रहरीले ५ वर्ष पुरानो शव चिहानबाट निकालेर जलाएको आरोपमा गिरफ्तार गरिएको हो । युरियकी गर्लफ्रेण्ड ओल्गा गइलेवाको ५ वर्ष पहिले मृत्यु भएको थियो । उनले सन् २०१२ मा आत्महत्या गरेकी थिइन् । युरियका अनुसार ओल्गाको आत्मा उनको सपनामा आइरहन्थ्यो जसका कारण उनी सुत्न पनि पाउँदैनथे ।

यसबाट निकै चिन्तित युरियले घरनजिकै रहेकी एक महिलासँग सम्पर्क गरे । ती महिलाले जादू टोना गर्ने गर्थिन् । महिलाले युरियलाई यो समस्याबाट छुटकारा पाउन ओल्गाको शव चिहानबाट निकालेर जलाउन सुझाव दिइन् । जसका कारण उनले शव निकालेर जलाइदिएका थिए ।

No comments:

Post a Comment