पुर्व अफ्रिकी कप्तानले दिए बिराट कोहलीलाई यस्तो चेतावनी - KTV Khabar

Breaking

पुर्व अफ्रिकी कप्तानले दिए बिराट कोहलीलाई यस्तो चेतावनी

;

जोहनेसवर्ग । दक्षिण अफ्रिकी पुर्व कप्तान ग्रेन स्मिथले भारतिय टिमको शानदार प्रदर्शनको तारिफ गर्दै अागामी अफ्रिका भ्रमण चुनौतीपूर्ण हुने बताएका छन् । भारतिय खेलाडीहरुलाई दक्षिण अफ्रिकाको बाउन्स हुने पिचमा खेल्न सजिलो नहुने उनको भनाइ छ ।

 

स्मिथले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा स्मिथले भने : भारतिय टिम पछिल्लो केही बर्ष देखि लगातार राम्रो प्रदर्शन गरिरहेको छ । तर अर्को बर्ष हुने दक्षिण अफ्रिकाको भ्रमण भारतको लागि असली परीक्षा हुनेछ । अफ्रिकी वातावरणमा ढल्न भारतलाई निकै मुश्किल हुनेछ । तर भारतिय कप्तान जसरी अात्मबिश्वासको साथ टिमको नेतृत्व गरिरहेका छन् त्यो हेर्न लायक छ ।

 

स्मिथले अगाडि भनेका छन् , भारतले पछिल्लो २ बर्ष यता अाफ्नो धरेलु मैदान र श्रीलंका र वेस्ट इन्डिजमा मात्र खेलेको छ । जहाको पिच भारतिय परिवेश सुहाउँदो थियो । तर दक्षिण अफ्रिकामा परिस्थिति त्यसको बिपरित हुनेछ । यस्तोमा भारतिय खेलाडीहरुको लागि दक्षिण अफ्रिका भ्रमण चुनौतीपूर्ण हुने पक्का छ ।

No comments:

Post a Comment