एजेन्सी /उत्तर कोरियाले पहिलोपटक आफूले गत मंगलबार जापनामाथि क्षेप्यास्त्र परीक्षण गरेको अन्तत स्वीकारेको छ । प्यासिफिक ओसनमा अन्य थप परमाणु परीक्षण हुने जानकारी दिँदै किम जोङ उनको हवाला दिँदै कोरियाली समाचार एजेन्सी केसिएनएले यस्तो समाचार छापेको छ ।
मंगलबारको क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाका तर्फबाट युद्धको तयारीका रुपमा हेरिएको पनि दाबी गरिएको छ । उक्त समाचारमा उत्तरका सर्वोच्च नेता किमलाई उद्धृत गर्दै केसिएनएले लेखेको छ– हाम्रो इन्टरमिडिएट–रेन्ज ब्यालेस्टिक मिसाइल ह्वासन्ग–१२ अमेरिका र दक्षिण कोरियालाई काउन्टर गर्न सक्षम छ ।
‘मिसाइल हमलाको जवाफ दिन सबै विकल्प खुला’
डोनल्ड ट्रम्पले उत्तर कोरियाको मिसाइल परीक्षणपछि मंगलबार हमलाको जवाफ दिन आफ्नो सबै विकल्प खुल्ला भएको भनी निकै कडा चेतावनी दिएका छन् ।
उत्तर कोरियाद्वारा प्रक्षेपण गरिएको मिसाइल उत्तरी प्रशान्त सागरमा खस्नुपूर्व जापानको आकाशको बाटो हुँदै गएको थियो । प्रधानमन्त्री शिन्जो आबेले यसमा रोष व्यक्त गर्दै आफ्नो सरकार जनताको सुरक्षाका लागि प्रतिबद्ध भएको समेत बताइसकेका छन् ।
समाचारमा उनले डोनल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेपछि दुवै देश उत्तर कोरियामाथि थप दबाब दिन एक भएका छन् । अमेरिका शतप्रतिशत जापानसँग भएको पनि उनले बताएका छन् ।
साउथ कोरियाका अनुसार उक्त मिसाइल प्योङयाङनजिकै सुनानबाट प्रक्षेपण गरिएको हो । यो ५ सय ५० किलोमिटरको उचाइमा उडेको थियो । यसले करिब २ हजार ७ सय किलोमिटरको यात्रा तय गरेको बताइएको छ ।
No comments:
Post a Comment