एजेन्सी । बलिउडका कलाकारहरू अभिनयबाट मात्र पैसा कमाउँछन् भन्ने छैन । केही स्टारहरू व्यापार पनि गर्छन् । आउनुस् जानौं, अरू कलाकार के गर्छन् ?
सुष्मिता सेनको कुरा गर्दा उनी आजभोलि अभिनयमा देखिन्नन् । पूर्व मिस युनिभर्स आजकल दुबईमा गहनागुरियाको व्यापार गर्छिन् । यसका साथै उनको इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि छ । यसअघि उनले बंगाली मासी का किचन भन्ने रेस्टुराँ पनि थियो तर त्यो बन्द भइसक्यो ।
शिल्पा शेट्टीले मुम्बईमा आईओएसआईएस स्पा चेन छ जसबाट उनी राम्रो आम्दानी गर्छिन् । उनको लगानी आईपीएल टीममा पनि थियो तर भ्रष्टाचारको आरोप लागेपछि टीम नै अस्तित्वमा रहेन ।
शाहरुख खानको आफ्नै प्रोडक्सन हाउस छ । त्यसको नाम रेड चिल्लिज इन्टरटेनमेन्ट हो । यसका अलावा उनी आईपीएलमा कोलकाता नाइट राइडर्सका मालिक पनि हुन् । बालबालिकाको अन्तर्राष्ट्रिय मनोरञ्जन चेन किडजेनियाको भारतीय फ्रेन्चाइजका मालिक पनि हुन् उनी । अनि उनी अत्यधिक धनी मानिसहरूको बिहेमा नाचेर पनि पैसा कमाउँछन् ।
अजय देवगनले गुजरातमा सोलार परियोजनामा लगानी गरेका छन् ।
अभिषेक बच्चन दुईवटा स्पोर्ट्स फ्रेन्चाइजका साझेदार हुन् ।
सुनिल शेट्टीको रेस्टुराँमा लगानी छ । मुम्बईमा उनी मिस्चीफ डाइनिङ बार चलाउँछन् ।
No comments:
Post a Comment