एक महिला ६० वर्षसम्म चिया र पानीले प्राण धान्दै , अन्न नखाइकनै चारवटा बच्चा पनि जन्माइन् - KTV Khabar

Breaking

एक महिला ६० वर्षसम्म चिया र पानीले प्राण धान्दै , अन्न नखाइकनै चारवटा बच्चा पनि जन्माइन्

;

 

एजेन्सी । ६० वर्षसम्म अन्न नखाइकन बाँच्न सक्ने कुरा सुन्दा अचम्म लाग्छ । हामी एक छाक अन्न नाखादा गारो हुन थाल्छ । तर भारतमा एक महिला ६० वर्षसम्म अन्नको दाना समेत नखाई बसेकी छन् ।
खाएको खाना पच्न छाडेपछि सरस्वतीले अन्न खान छाडिन् । त्यसपछि उनी चियाको भरमा प्राण धान्न थालिन् । उनको प्राण नै चिया र पानीले धानेको छ अचेल । बिहानदेखि बेलुकासम्म चिया नै पिउँछिन् ।उनी चिया र पानीको सहारामा बाँचेकी छिन् । हप्तामा एक पटक केरा खान्छिन् ।
सरस्वती बाई र उनका लोग्ने द्वारका प्रसादको सानै उमेरमा बिहे भयो । जब सरस्वतीको पहिलो सन्तान भयो तब उनी बिरामी परिन् । उनलाई टाइफाइड भयो र आन्द्रा सुक्यो । जे खाएपनि नपच्ने र उल्टी हुने समस्या देखा पर्यो ।
अन्न नखाइकनै उनले थप चारवटा बच्चा पनि जन्माइन् । उनका सन्तान सबै स्वस्थ छन् र सरस्वती पनि स्वस्थ छिन् ।

No comments:

Post a Comment