;
एजेन्सी । संसारमा अचम्मको चलन रहेको पाइन्छ ।
यसैक्रममा अफगानिस्तानमा पनि ‘बच्चाबाजी’ प्रथा कायम छ । यो युवाहरुलाई युवतीको कपडा लगाएर नचाउने प्रथा हो । पार्टीमा नाचिसकेपछि केही पुरुषहरु यी युवकहरुको यौन शोषण पनि गर्छन् ।
युवती बनेर नाच्ने यी युवकहरुलाई ‘बच्चा बेरीश’ भनिन्छ । युवतीको कपडा लगाएर नाच्नेहरुको जिन्दगी बिजोग हुने गरेको बुझिन्छ ।
युवकहरु ‘बच्चा बेरीश’ बनेपछि समाज र परिवारबाट अलग हुन्छन् अर्थात त्याग्छन् । समाजमै कलंक मानिने यी युवकहरु अफगान सरदारको पनि मनोरञ्जनका साधन बन्ने गरेका छन् ।
यी युवकमाथि मालिकको पूर्ण अधिकार हुन्छ । यो प्रथा अफगानिस्तानका पुरुषको मनोरञ्जनका लागि सुरु गरिएको थियो तर अहिले केही मानिसहरुले यसलाई सेक्स सर्भिसको रुप दिएका छन् ।
No comments:
Post a Comment