तपाई दुब्लाएर चिन्तामा पर्नुभयो । अब चिन्ता नगनुस् ,यी घरेलु उपायले सजिलै मोटाइन्छ । कामको थकान, हर्मोनमा आउने परिवर्तन, कुनै बिमारी अनि अस्वस्थकर खानपानका कारण दुब्लोपन अनि कमजोरी हुन सक्दछ । तपाई दुब्लाएर चिन्तामा पर्नुभयो फलत: रोगहरुले च्याप्ने गर्छ।
यहाँ केही सजिला घरेलु उपायको चर्चा गरिएको छ जसले यी समस्या निर्मूल पार्न सक्छ ।
१,एक गिलास दुधमा आधा चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिलाएर दैनिक पिउने गर्नुस्।
२,१०-१५ सुकेको अंगुर ९किसमिस० तातोपानीमा राती भिजाउनुस्। बिहान यसको पानी र दाना खानुस्।
३, राती ६,७ चम्चा चनाको दाललाई काँचो दुधमा भिजाएर राख्नुस्। बिहान यसमा ५-६ किसमिस र मिश्री मिलाएर खानुस्।
४,बिहान बेलुका २ वा ३ केरासंगै एक गिलास दुध पिउँनुस्।
५,छोकडा , काजू, बदाम, र एक गिलास दुध उमाल्नुस्। यसमा दुई चम्चा मिश्री मिलाएर नियमित सुत्नु अघि पिउनुस्।
६,१-१ चम्चा मह र बेसार मिसाउनुस्। यसरी नियमित खाँदा दुब्लोपन टाढा भाग्छ।
७,अमलाको धुलोसगं मिश्री मिसाएर सुत्नु अघि नियमित खानुस्।
८, खाना खाएपछि दुई चम्चा घ्यूमा एक चम्चा मह मिसाएर खानुस्।
९,सुप र मिश्री बराबर मिसाएर नियमित दुई चम्चा ९धुलो बनाएर० खानुस्।
१०, २ चम्चा मेथीलाई एक गिलास पानीमा करिब ५ घण्टा भिजाउनुस्। अनि उमाल्नुस् र छानेर २ चम्चा मह मिसाएर पिउनुस्।
११, नियमीत केरा खानुहोस् । जसले गर्दा तपाईलाई मोटाउन सहयोग हुन्छ ।
१२, स्न्याक्स लिनुस्
एकतर्फ तौल बढेर हैरान भएका मानिसहरुका लागि स्न्याक्स नखान सुझाव दिइन्छन्, अर्कोतर्फ तपाईं वजन बढाउन चाहनुहुन्छ भने स्न्याक्स लिनु तपाईंका लागि फाइदाजनक हुन्छ । तर तपाईंले लिएको स्न्याक्स स्वास्थ्यमा नराम्रो असर पार्ने खालको नहोस् भन्ने कुरामा भने तपाई सचेत रहनु जरुरी छ ।
१३,ब्रत-उपवासबाट टाढा रहनुस्
बिहानको खाजा वजन बढाउनका लागि निकै आवश्यक छ । बिहानको खाजा नखानु तपाईंको स्वास्थ्यका लागि पनि नोक्सानदायक हुनसक्छ । यो त्यस्तो समय हो, जुन समयमा तपाईंलाई सबैभन्दा धेरै क्यालोरीको जरुरत पर्दछ । तपाईंले चाहनुभयो भने ब्रेकफास्टमा अण्डा, घ्यूको मात्रा कम भएको दही, दूध अथवा केही फलफूल खान सक्नुहुन्छ ।
No comments:
Post a Comment