चिनियाँ सेनामा भर्ना हुन अचम्मका शर्त ! - KTV Khabar

Breaking

चिनियाँ सेनामा भर्ना हुन अचम्मका शर्त !

;

चिनियाँ सेनाले नयाँ जवानको भर्तीका लागि केही टिप्स जारी गरेको छ । जसको मदतमा सेनामा सहभागी हुने इच्छा राख्ने युवा शारीरिक योग्यता परीक्षामा पास गर्न सकुन् ।

सेनाका तर्फबाट जारी गरिएको यी टिप्सलाई लिएर चिनियाँ सामाजिक सञ्जालमा हंगामा भइरहेको छ ।

एक अनलाइन पोस्टमा पिपुल्स लिबरेशन आर्मीले ड्रिंग्स, धेरै कम्प्यूटर गेम खेल्नु तथा हस्तमैथुनले युवाले कमजोर हुने बताएको छ ।

सेनामा भर्ती हुन चाहने युवा फेल नहुन् भन्नका लागि भन्दै सेनाले १० वटा टिप्स सार्वजनिक गरेको हो । आवेदक मध्ये ५६ प्रतिशत फिटनेशका कारण आउट भएको भन्दै सेनाले यत टिप्स र्दिको हो ।

के के छन् ?

रक्सी तथा अन्य ड्रिंगस नखानु
स्क्र्रीनमा लामो समय नविताउँनु, मोबाइल धेरै नचलाउनु ।
एक्सरसाइज धेरै गर्नु
कम्प्यूटर गेम र हस्तमैथुनबाट टाढा रहनु
सुताइको समयमा ख्याल गर्नु
टाटु नबनाउँनु
सफा पानी पिउनु
आनुवंशिक परिस्थितिमा राम्रो उपचार गराउनु
सफाइमा विशेष ध्यान दिनु

तर सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले भने यसलाई मजाकको विषय बनाएका छन् । केही सरकारकले सेनाको संख्यामा भारी कटौती गर्ने तयारी गरिरहेको अवस्थामा सेनामा भर्तीलाई असहज बनाउन यस्तो गरिरहेको आरोप लगाउँछन् । lokaanter

No comments:

Post a Comment