एकाबिहानै उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र प्रहार - KTV Khabar

Breaking

एकाबिहानै उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र प्रहार

;

भदौ १० । उत्तर कोरियाले शनिबार बिहानै छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको सीएनएनको समाचारमा उल्लेख छ । उत्तर कोरियाले स्थानीय समय अनुसार शनिबार बिहान ६ः४९ मा छोटो दूरीका तीन क्षेयास्त्र परीक्षण गरेको हो ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो । अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर ‘डेभ बेन्हाम’ले परीक्षण गरिएका मध्ये पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएको र दोस्रो क्षेप्यास्त्र मात्रै विस्फोट भएको दावी गरेका छन् ।
केही दिनदेखि अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यसलाई उत्तर कोरियाले आफूलाई उक्साउन गरिएको गतिविधिको संज्ञा दिई विरोध जनाइरहेको छ ।


अमेरिकाको सैन्य अधार क्षेत्र ’गुआम’मा आक्रमण गर्ने चेतावनी दिदै आएको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाली सेनाको गतिविधिको निगरानी गरिरहेको जनाएको छ । अमेरिकी सेनाले उत्तर कोरियाले हाल परीक्षण गरेको क्षेप्यास्त्रले गुआमका लागि खतरा नरहेको बताएको छ ।

No comments:

Post a Comment