पत्रकार शिसिरलाई स्वरुपराज आचार्यको धम्की -अडियो रेकर्ड सहित - KTV Khabar

Breaking

पत्रकार शिसिरलाई स्वरुपराज आचार्यको धम्की -अडियो रेकर्ड सहित

;

नेपाली सांगीतिक क्षेत्रमा स्वरुपराज आचार्य कुनै नौलो नाम हैन । आधुनिक सांगितीक क्षेत्रका उनी नक्षत्र नै हुन भन्दा पनि फरक नपर्ला । तर स्वरुपराजको वास्तविक स्वरुप भने बेग्लै छ । उनी साधारण कुरालाई पनि ‘इगो’ बनएर धम्कि समेत दिने गरेको प्रमाण फेला परेको छ । उनैको आवाजमा रहेको गीत ‘ म मरे भने मेरो लाशमा सिँदुर पोते चुरा नराख्नु’ बोलको गीत सार्वजनिक पश्च्तात निस्किएको बिभिन्न समाचारका शिर्षकहरुमा गायक आचार्यले आपत्ति जनाएका हुन । उनले एक अनलाईनका एडमिन शिशिर बुढाथोकीलाई पत्रकारकै बेईज्जत गरेको र यस बिषयमा आफु चुप लागेर नबस्ने भन्दै मानसिक तनाब दिएका छन् । गायक आचार्यले तनाब दिएपछि आफु मानसीक रुपमा बिक्षिप्त भएको पत्रकार बुढाथोकीले गुनाशो गरेका छन् । पत्रकार बुढाथोकीले पटक पटक गायक आचार्यलाई आफुले गल्ती गरेको स्विकार गरेर फोन मार्फत कुराकानी गरेपनि गायक आचार्यले थप तनाब दिएका छन् । उनले समाचार र भिडियो पोष्ट भएको अनलाईनको डोमेन नै खारेज नै गरिदिने भन्दै धम्क्याएका छन् । हामीसँग पत्राकार बुढाथोकी र गायक आचार्यबिच भएको टेलिफोन कुराकानीको अडियो समेत प्राप्त भएको छ । उनले यतीसम्म भन्न भ्याएका छन् कि ‘मलाई हिट बनाउन मेरो नाम उल्लेख गरेर जे पायो त्यै लेखिराख्नुपर्दैन । म आफै सुपरहिट भईसकेको मान्छे मलाई कसैले हिट बनाउनु पर्दैन । ’ अझ उनको बिषयमा जोडिएर जुन अनलाईनमा समाचार र भिडियो पोष्ट गरिएको थियो तिनै अनलाईनबाट समाचार सच्चयाएर, माफि मागेर समाचार पोष्ट गर्छु भन्दापनि उनले मानेनन् । पत्रकार शिशिर बुढाथोकी र गायक स्वरुपराज आचार्य बिचको कुराकनी सुन्नुस । सुन्नुस् अडियो रेकर्ड:

Source: HIMCHULIKHABAR

The post पत्रकार शिसिरलाई स्वरुपराज आचार्यको धम्की -अडियो रेकर्ड सहित appeared first on Daleema News.

No comments:

Post a Comment