राजधानीमै प्रहरीको गोलीले घरभित्रै छोराको मृत्यु भएपछि बाबुको यस्तो आक्रोश - KTV Khabar

Breaking

राजधानीमै प्रहरीको गोलीले घरभित्रै छोराको मृत्यु भएपछि बाबुको यस्तो आक्रोश

;

 

काठमाडौं : सोमबार दिउँसो कुसुन्तीका ३२ वर्षीय प्रविण खत्रीको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि उनका बाबुले आक्रोश व्यक्त गरेका छन् । घरको दुई तलाबाट हाम फालेर प्रहरीमाथि गोली प्रहार गरेर भाग्न खोजेपछि प्रहरी जवाफी गोली प्रहार गर्दा प्रविणको मृत्यु भएको थियो । प्रहरीले लागुऔषध कारोबारीको आरोप प्रविणमाथि लगाएको छ ।
प्रहरीको इन्काउन्टरमा मृत्यु भएका खत्रीका बाबु प्रमोद खत्रीले भने प्रहरीले सिधै घरमा आएर गोली हानेको आरोप लगाउदै आक्रोश व्यक्त गरेका छन् । उनले आफ्नो छोरा अपराधी नै भएपनि पक्राउ गरेर कानुनी कारबाही गर्नुको साटो गोली हानेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
‘सिधै घरमा आएर गोली हानिएको छ। घरभित्र पसेर गोली हानेर मान्छे मार्ने पुलिसलाई कसले अधिकार दिएको छ ?’, उनले आक्रोश र पीडाका बीच प्रहरिमाथि प्रश्न गरे ।
उनले छोराले कुनै नशा लिए पनि प्रहरीले सिधै गोली हानेर आफूहरुमाथि अन्याय गरेको बताए । अन्य मान्छेमा जस्तै छोरामा पनि भएर खाएको तर नशा लिएकै नाममा मार्नु नहुने तर्क गरेका छन् । ‘मेरा छोराले पनि एउटा नशा लियो होला। मेथा खान्थ्यो। तर, खाँदैमा मान्छेलाई मार्न पाइँदैन। प्रहरीलाई कसले अधिकार दियो ?’ उनले थप आक्रोशित प्रश्न गरे ।
उनले छोरालाई लागु औषध कारोबारी भन्दा पनि रिसिइवीका कारण प्रहरीले मारेको पनि आरोप लगाए। उनको परिवारले अपराधि नै भए पनि जेल हाल्नुपर्ने तर प्रहरीले परिवारमाथि अन्याय गरेको बताएको छ ।

No comments:

Post a Comment