मलपोत को सुब्बा साबलाइ रक्सी अलि बडि लागेपछी कुर्सिमै तमासा …. हेर्नुहोस रक्सिको करामत।।। - KTV Khabar

Breaking

मलपोत को सुब्बा साबलाइ रक्सी अलि बडि लागेपछी कुर्सिमै तमासा …. हेर्नुहोस रक्सिको करामत।।।

;

कञ्चनपुर, भदौं ११ – रक्सी खाएर कार्यालय जाने एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कार्यालय समयमा रक्सी खाएकाले प्रहरीले जिल्ला मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत नायव सुब्बा धर्मराज जोशीलाई पक्राउ गरेको हो ।कार्यालयमा सेवा लिन जाँदा जोशीले रक्सी खाएर टेबलमाथि खुट्टा राखेर घुर्दै सुतेको अवस्थामा भेटिएपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए ।

कर्मचारीको लापरवाहीका कारण आफूहरुले सास्ती खेप्नु परेको सेवाग्राही योगी हरिकृष्णले गुनासो गर्नुभयो । उहाँले कर्मचारीहरु कार्यकक्षमा नभेटिने र भएका कर्मचारी पनि रक्सी खाएर अचेत अवस्थामा भेटिनु दुर्भाग्य भएको बताउनुभयो ।

नायब सुब्बा जोशीले रक्सी खाएर कार्यालय गएको भन्ने जानकारी आएपछि उनलाई कार्यकक्षबाट पक्राउ गरी मेडिकल जाँच गराइएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक गोकुल बलायरले जानकारी दिनुभयो । उनले मेडिकल जाँच पछि जोशीलाई वडा प्रहरी कार्यालयमा राखिएको बताउनुभयो ।

‘जोशीको महाकाली अञ्चल अस्पतालमा मेडिकल जाँच गराएको छौ’ प्रहरी निरीक्षक बलायरले भन्नुभयो ‘मेडिकल रिपोर्ट आएको छैन ।’ तत्काल मेडिकल रिर्पोट नआए पनि जोशीले रक्सी खाएको बलायरको भनाइ छ ।

यसअघि पनि जोशीले पटक पटक रक्सी खाएर कार्यालय आउने गरेको जिल्ला मालपोत कार्यालयका एकजना कर्मचारीले बताए । जोशीलाई रक्सी खाएर कार्यालय नआउन आग्रह गर्दा आफूहरुलाई नै गाली गर्ने गरेको उनको भनाइ छ ।

उता, कर्मचारीले रक्सी खाएर कार्यालय आएको विषयमा कार्यालयका प्रमुख बेखबर छन् । प्रहरीले जोशीलाई रक्सी खाएर कार्यालय आएको भन्दै पक्राउ गर्दा समेत कार्यालय प्रमुख र कर्मचारीले चासो दिएका छैन् ।

Source: UJYAALOONLINE

No comments:

Post a Comment