मेरो सपोर्ट राम्रो गाउनेलाई हो, कुनै जाति विशेषलाई होइन : रामकृष्ण ढकाल - KTV Khabar

Breaking

मेरो सपोर्ट राम्रो गाउनेलाई हो, कुनै जाति विशेषलाई होइन : रामकृष्ण ढकाल

;

यति बेला गायक रामकृष्ण ढकाल विवादमा मुसिएका छन् । एपि वान टेलिभिजनबाट प्रसारणमा आउने चर्चित रियालिटी सो नेपाल आइडलमा गत शुक्रवार ढकाल अतिथि जजको रूपमा गएका थिए । उक्त कार्यक्रममा ढकालले प्रतिस्प्रर्धी बारेमा बोलेको कारण उनी विवादमा मुसिएका हुन् ।

उनले आफूलाई मनपर्ने प्रतिस्प्रर्धी निशान भट्टराई र प्रताप दास रहेको बताएका थिए । त्यसको साथै सोमा राम्रो गाउनेलाई अवसर दिनु पर्ने अभिव्यक्त्ति राखे सँगै उनको विरोध भएको हो । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले ढकाललाई गाली गरिरहेका छन् । उनी जस्तो वरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढङ्गले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरूले बताएका छन् ।

No comments:

Post a Comment