बाबाका कारण एकै परिवारको ५ जना सदस्यले गर्नुपर्यो आत्महत्या, यस्तो छ कारण 0 - KTV Khabar

Breaking

बाबाका कारण एकै परिवारको ५ जना सदस्यले गर्नुपर्यो आत्महत्या, यस्तो छ कारण 0

;

एजेन्सी। गएको मंगलबार भारतको जयपुरमा आत्महत्या गरेका एकै परिवारका पाँच जनाको मृत्युको पछाडि एक बाबाको हात रहेको तथ्य फेला परेको छ ।

मृतक परिवारका घरमूली डंगुररामले लेखेको ‘सुसाइड नोट’मा उनले बाबा विश्वम्भरदास दास आफूहरुको मृत्युको कारण भएको बताएका छन् । मंगलबार डंगुररामसहित उनकी पत्नी, २ छोरा र एक छोरीले विष पिएर आत्महत्या गरेका थिए ।

 

सुसाइड नोडमा लेखिएको छ ‘मसहित मेरो परिवारका पाँच जना आज मर्दैछौं यसको कारण विश्वम्भरदासजी महाराज हुन् । जो जगतपुरामा बस्छन् । मैले अरुसँग पैसा लिएर बाबालाई दिएको थिएँ ।

५ वर्ष भयो अहिलेसम्म बाबाले त्यो पैसा फिर्ता दिएका छैनन् । मैले माग्दा आज भोलि भनेर टार्ने गर्छन् । मैले पैसा दिनुपर्नेहरु मेरो पछि परेका छन् । यो कुरा मैले आजसम्म कसैलाई बताएको छैन । यसैकारण हामी बाध्य भएर आज यो कदम उठाउँदैछौं । मसँग अर्को कुनै विकल्प थिएन ।’

 

अहिले बाबालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बाबाको आश्रमको पति तलाशी लिइएको छ । बाबाले तन्त्रमन्त्रको बहानामा पैसा असुल्ने गरेको बताइएको छ । बाबाको आश्रम १ बिघामा फैलिएको छ जसको मूल्य ४ करोड भारु पर्ने बताइएको छ ।

No comments:

Post a Comment