आजकाल इन्टरनेटमा हंगकंगका एक नायकमाथि गालीको वर्षा भइरहेको छ । ६२ वर्षीय जोसफ लीले आफ्नी छोरीसँग एक तस्बिर सोसल साइटमा सेयर गरे जसका कारण उनी चर्चाको केन्द्र बने । उक्त तस्बिरमा जोसेफ आफ्नी १५ वर्षीया छोरीलाई ओठमा चुम्बन गरिरहेका थिए ।
एउटा फोटोमा मच्चियो बबालः
सोसल नेटवर्किङ साइट बिबोमा जोसेफले आफ्नी छोरी चेरीको १५ औं जन्मदिनको फोटो सेयर गरेका छन् । उक्त तस्बिरमा उनी आफ्नी छोरीको ओठमा चुम्बन गरिरहेको देख्न सकिन्छ । तस्बिर अपलोड हुन बित्तिकै मानिसहरुले विभिन्न नकारात्मक प्रतिक्रिया दिन सुरु गरे । मानिसहरुले यसलाई निच र तल्लो स्तरको व्यवहार भन्न सुरु गरे । यस्तै केहीले पनि नायकको समर्थन पनि गरे । तस्बिरमा गलत देख्नेहरुको सोच नै गलत भएको मानिसहरुले बताइरहेका छन् ।
जोसफले मेसेज गरेर दिए स्पष्टिकरणः
मिडियामा एक मेसेज पठाउँदै जोसफले छोरीलाई बाल्यवस्थादेखि नै ओठमा चुम्बन गर्ने गरेको बताए । उनका अनुसार यसमा कुनै पनि नकारात्मक भावना थिएन । उनले भने, ‘मैले एक पिताको रुपमा नै आफ्नी छोरीलाई चुम्बन गरेको हुँ । धेरै मानिसहरुले मलाई बुझ्छन् । मलाई यो तस्बिरमा कुनै आपत्ति छैन । ’
यस्तै जोसफकी छोरी चेरीले पनि यदि यो तस्बिरमा केही अश्लिल देखिएको छ भने मानिसहरुको दिमाग नै फोहोर हो भन्दै खण्डन गरेकी छिन् । एजेन्सी
No comments:
Post a Comment