;
एजेन्सी । अन्तरिक्ष विज्ञानमा रुची राख्नेहरुका लागि आज एउटा विशेष घटना हुँदैछ । एउटा आकासीय पिण्ड पृथ्वीको अत्यन्तै नजिक भएर जाने भएपछि अन्तरिक्ष विज्ञानमा रुची राख्नेहरुका लागि यो घटना महत्वपूर्ण बनेको हो ।
झण्डै साढे चार किलोमिटर चौडाई भएको सो आकासीय पिण्ड पृथ्वीबाट सत्तरी लाख किलोमिटरको दुरीबाट गुज्रिदैं छ ।
सामान्य मानिसका लागि सत्तरी लाख किलोमिटर धेरै लागेपनि यति नजिकबाट यति ठूलो आकासीय पिण्ड गुज्रिने यो पहिलो घटना हुने नासाले बताएको छ ।
उक्त आकासीय पिण्डलाई फोरेन्स नाम दिइएको छ । nayabato
No comments:
Post a Comment