बसिबसि करोडौं कमाउँछिन् यी युवती - KTV Khabar

Breaking

बसिबसि करोडौं कमाउँछिन् यी युवती

;

सायद कसैले यति आरामसाथ यत्रो धेरै कमाइ गर्ने कल्पना पनि गर्न सक्दैन । तर, अस्ट्रेलियाकी यी ‘गेमर गर्ल’ आफ्नो घरको सोफामा बसेरै करोडौँ कमाउँछिन् । आखिर यिनको काम के होला भनेर सोच्दै हुनुहुन्छ होला । जानिहाल्नुहोस्, उनको काम भिडियो गेम खेल्ने हो ।

हो, एक घण्टा भिडियो गेम खेलेबापत उनले राम्रो कमाइ गर्छिन् । लाखौँ व्यक्ति उनको खेलको लाइभ भिडियो हेर्छन् । भिडियो लाइभ स्ट्रिमिङमार्फत् क्याथलिन चेल्सिया नामकी यी युवतीले डलरमा कमाइ गर्छिन् । उनी विश्वमा एक्समिन्क्सको नामले चिनिन्छिन् ।

मान्छेहरू लाइभ भिडियोमा उनले खेलेको हेर्छन् । यो समयमा उनीसँग गफ पनि गर्छन् । चेल्सियाका साढे तीन लाखभन्दा बढी सब्स्क्राइबर छन् । उनले फार्मेसीमा डिग्री गरेकी छिन् । तर, लाइभ स्ट्रिमिङमै धेरै कमाएपछि उनले आफ्नो पढाइतिरको पाटोबाट हुने कमाइमा चासो नै दिएकी छैनन् ।

तर, चेल्सियालाई यो काम सहज भने छैन । गेम हेर्ने व्यक्तिहरू उनको मजाक पनि उडाउँछन् । ‘केही पुरुष दर्शकले निकै तनाव दिन्छन्,’ उनले भनेकी छिन्, ‘कतिपयले अश्लील शब्दमा निकै नराम्रो गाली पनि गर्छन् ।

No comments:

Post a Comment