भाद्र , २७, दमक / प्रहरीले लाइन नमिलेपछि यौनकर्मीलाई होटलहरुबाट पक्राउ गर्ने घटनालगायतका विषयमा प्रहरीसँग गुनासो गरेका छन् , । इलाका प्रहरी कार्यालय दमकले आज गरेको नागरिक सुनवाई कार्यक्रम मा यस्तो गुनासो गरेका हुन् ।
प्रहरी कार्यालय परिसरमा भएको कार्यक्रममा सहभागी नागरिकहरुले लागुऔषध प्रयोगकर्ताको समस्या, घरेलु हिंसा, दुले चोरको समस्या, घरायासी भैmझगडा, नागरिकबाट आएका यस्ता प्रश्नहरुको उत्तर र समाधानका लागि गरिने प्रयासहरुबारे डिएपी दिपक गिरी र इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले दिएका थिए ।
कार्यक्रममा होटल ब्यवसायी संघ माई पश्चिम दमकका अध्यक्ष राजन दंगालले होटल व्यवसायलाई नकारात्मक दृष्टिले मात्रै हेर्नेभन्दा पनि सकारात्मक दृष्टिले हेर्न आग्रह गरे ।
नजिकिँदै गरेको मुख्य चाडपर्वहरुका साथै सधैंभर नगरबासीलाई शान्ति सुरक्षा दिने डिएपी दिपक गिरीले प्रतिवद्धता ब्यक्त गर्दै प्रहरी कार्यालयबाट हुने कार्यसम्पादन र जनतालाई छिटो र सरल सेवा प्रदान गर्ने कुरामा कन्जुस्याईं नगरिने आश्वासन दिए ।
प्रशासन कार्यालय प्रमुख श्रेष्ठले नागरिकलाई दिइने सेवामा समस्या आए तत्काल समस्याको सामधान खोज्ने र आफू मातहतको कार्यालयबाट सेवाग्राहीलाई दिने सेवामा ढिलासुस्ती भए, रकम मागेर काम अड्काएको जानकारी पाएमा उनीहरुलाई कारवाही गर्ने प्रतिवद्धता गरे ।
सामुदायिक प्रहरी सेवा केन्द्र दमकका अध्यक्ष रोशन गौतमले प्रहरी र सरोकारवाला संस्थासँग सहकार्य गरी सामुदायिक गतिविधि गर्न तयार रहेको जानकारी गराए ।
सामाजिक अगुवा शंकर बस्नेतले सवारी दुर्घटना कम गर्न ट्राफिक शिक्षालाई पाठयपुस्तकमा समावेश गर्न माग गरेका थिए । कार्यक्रममा सामाजिक अगुवाहरु घनेन्द्र सुब्बा, राम लुईंटेल, प्रजिता दंगाल, काजी राउत लगायतले जिज्ञासा राखेका थिए भने अधिकांश बक्ताले जन भावना बुझ्न र काम गर्न प्रहरीलाई आग्रह गरेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु पोखरेलले गरेका थिए ।
No comments:
Post a Comment