साकारलाई नेपाल लैजाने तयारी गरिदै, आमा अष्ट्रेलिया आउने - KTV Khabar

Breaking

साकारलाई नेपाल लैजाने तयारी गरिदै, आमा अष्ट्रेलिया आउने

;

५ सेप्टेम्बर २०१७, सिड्नी- केही सातादेखी सामाजीक संजालमा बिभिन्न अश्लिल गालीहरु गर्दै आएका शाकार अधिकारीलाई नेपाल लैजाने तयारी शुरु गरिएको छ । गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाले नेपालमहावाणिज्य तथा नेपाली दुतावास सँग समन्वय गरी उनलाई नेपाल फर्काउने तयारी गरेको जानकारी दिएको छ । उनलाई नेपाल लैजानका लागी उनकि आमा रोजु अघिकारी चाडैं नै अष्ट्रेलिया आउने तयारी भैरहेको बताइएको छ । रोजुको अष्ट्रेलिया आगमनलाई छिटो गर्नका लागी अष्ट्रेलियाको नेपाली दुतावासमार्फत रोजुका कागजातहरु अष्ट्रेलियाको इमिग्रेसनलाई उपलब्ध गराइसकिएको श्रोतले बताएको छ । गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका प्रतिनिधिहरुले केही समयअघि साकारलाई भेटी अस्पताल पुर्यापछि उनी केही साम्य भएका थिए । अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा पुन उस्तै व्यहोराका सामाग्रीहरु समाजीक सञ्जालमा राख्न थालेपछी गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका पुन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कबाहिर रहन चाहेकको खुलेको छ ।

सोमबार साकारकी आमा रोजुले समाजीक संञ्जालमार्फत आफु साकारलाई सम्झाएर थाकेकाले नेपाली संस्थाहरुलाई उनलाई नेपाल फर्काउन सहयोगको याचना गरेपछी उक्त विषयले पुन चर्चा पाएको थियो । उनको समस्या समाधानका लागी गैर आवाशीय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले समन्वय गरिरहेको बुझिएको छ । यसवारे पुर्ण जानकारी दिन गैर आवाशीय नेपाली संघले चाँडैनै पत्रकार सम्मेलन गर्दैछ ।

No comments:

Post a Comment