;
भाद्र १६, घोराही । दाङ प्रहरीले होटलमा हुने अनैतिक क्रियाकलाप संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
पछिल्लो समय राति राति होटलमा छापा हान्ने क्रममा मंगलबार घोराही उप–महानगरपालिका वडा नं. १५ कटुवाखोला नजिक रहेको होटेल कोसेली गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको छ भन्ने सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय दाङको टोलीले होटल सञ्चालिकासहित ५ जना महिला र २ जना पुरुषलाई नियनत्रणमा लिएको हो ।
दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको बताइन् । यसअघि प्रहरीले घोराहीकै एक होटलबाट यौनधन्दा गर्ने होटल सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको थियो । -दैनिक नेपालबाट
No comments:
Post a Comment