एजेन्सी । उत्तर कोरियाद्वारा जापानको आकाशमा मिसाइल उडाउएपछि अमेरिका र दक्षिण कोरियाले आफ्नो शक्ति प्रदर्शन गर्ने भएका छन् । दुवै देशले उत्तर कोरियाको आकाशमा फाइटर जेट उडाएका छन् ।
अमेरिकाको एफ–३५बी का ४ फाइटर जृट र २बी–१बी बम्बर्स र दक्षिण कोरियाको एफ–१५ जेट कोरिया प्रायद्विपमाथि उडान भरेका थिए । उत्तर कोरियाले दुई दिन अगाडिमात्र मिसाइल परिक्षण गरेको थियो । जापान सरकारका अनुसार उक्त मिसाइल जापानको आकाश क्षेत्र हुँदै समुन्द्रमा गएर खसेको थियो । मंगलबार बेलुका ६ बजे उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थियो ।
जापानको तर्फबाट मिसाइल ध्वस्त पार्ने काशिस भने गरिएको थिएन ।
उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले गरेको यो संयुक्त प्रयासको हालसम्म कुनै जबाफ दिएको छैन । तर, मिसाइल परिक्षण गरेपछि गुआम अबको नयाँ निशाना भएको बताएको थियो । गुआम अमेरिकी अधिन क्षेत्र हो ।
लगातार मिसाइल परिक्षण गरेका कारण पनि अन्तराष्ट्रिय संगठनहरुले उत्तर कोरियालाई नाकाबन्दी लगाउँदै आइरहेका छन् । तर, उत्तर कोरियाले भने यसको असर आफुहरुलाई नपर्ने भन्दै विश्वका शक्तिशाली देशहरुलाई चुनौती दिदै आइरहेको छ ।
No comments:
Post a Comment