झापाको दमकमा आएर कलाकारले खोले चलचित्र छक्का पन्जा-२ को भित्रि रहस्य (भिडियो सहित ) - KTV Khabar

Breaking

झापाको दमकमा आएर कलाकारले खोले चलचित्र छक्का पन्जा-२ को भित्रि रहस्य (भिडियो सहित )

;

बहुप्रतिक्षित चलचित्र ‘छक्का–पञ्जा २’को प्रचार प्रसारमा चलचित्र निर्माण युनिट पूर्व आइपुगेको छ। असोज ११ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्रको युनिट प्रचार प्रसारका लागि पूर्व आइपुगेको छ। चलचित्र युनिटले बिहीबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै ‘छक्का–पञ्जा’ले जस्तै ‘छक्का–पञ्जा २’ ले पनि सफलता हात पार्ने बताएको हो। ‘वडा नम्बर ६’, ‘६ एकान ६’ र ‘छक्का पञ्जा’को सफतापछि आफूहरूले ‘छक्का–पञ्जा २’ ल्याएको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले बताइन्।

पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र युवाको कथामा आधारित रहेको सामाजिक विषयवस्तु बोकेको बताए । यो चलचित्र एक कारोड ५० लाख रुपैयाँको लगानीमा निर्माण भएको उनले बताए।अन्य कलाकारले चलचित्र छक्का पन्जा २ को बारेमा के के भने त तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment