एजेन्सी । भारतको जगराओं भन्ने ठाउँमा ६ बच्चाकी एक आमाले तीन युवकलाई प्रेमी बनाई अवैध सम्बन्ध राख्ने गरेको खुलासा भएको छ ।
र, तीनै जना प्रेमीसँग मिलेर उनले आफ्नै पतिको निमर्मतापूर्वक हत्या पनि गरिदिएकी छन् । ३५ वर्षीय पति डा. हरि सिंहको शव ६ अप्रिलमा नालीमा भेटिएपछि यस्तो रहस्य बाहिर आएको भारतीय मिडियाले जनाएका छन् । अनुसन्धानका क्रममा विवाहित महिलाका तीन प्रेमी देखिएपछि प्रहरी समेत चकित परेका छन् ।
प्रेमीसँग मिलेर आफ्नै पतिको हत्या गर्ने लक्ष्मीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मीका मुख्य प्रेमी एवं घटनाका योजनाकार १८ वर्षीय सोनू वासीसहित २ जना फरार छन् । एसएसपी सुरजीत सिंहले फरार अभियुक्तको खोजी भइरहेको जानकारी दिएका छन् ।
यस्तो थियो तीन प्रेमीसँग सम्बन्ध, पतिलाई मदिरामा लठ्याएर मारियो

मृतक हरि सिंहकी पत्नी लक्ष्मीमाथि अनुसन्धान थालिएपछि घटनाको मुख्य कारण अवैध सम्बन्ध नै भएको खुलेको छ ।
६ बच्चाकी आमा लक्ष्मी देवीले प्रहरीको सोधपुछमा प्रेमी सोनु र उनका साथीसहित ४ जना मिलेर आफ्ना पतिको हत्या गरेको स्वीकार गरिन् ।
उनीहरुले राति लक्ष्मीका पतिलाई मदिरामा लठ्याएर घाटी थिची मारेका थिए । र, नालीमा लगेर फालेका थिए । एएसआई बरजिंद्र कुमार थाना सिटी जगराओंले यो घटनाको खुलासा गर्दै लक्ष्मीको कथित रुपमा सोनू, मिल्टन र अन्य एक व्यक्तिसँग अवैध सम्बन्ध थियो । मृतकका भाई अनूप रामको उजुरीका आधारमा सबै अभियुक्तविरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
No comments:
Post a Comment