काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अत्यन्तै निकट रहेर काँग्रेसमा लामो समयदेखि काम गरेका मन्त्री कार्की पार्टीका प्रभाबशाली केन्द्रीय सदस्य समेत हुन् ।
भोजुपरबाट तीनपटक निर्बाचन लडेर हारेपनि राजनीतिमा कहिल्यै नआत्तिने र नमात्तिने स्वभाब भएका कार्कीको राजनीतिक पृष्ठभूमि पुरानो छ । राजनीतिमा नेबिसंघको अध्यक्ष हुंदादेखि नै लोकप्रीय भएका मन्त्री कार्की आर्थिक क्षेत्रमा विज्ञ नभएपनि उनलाई प्रधानमन्त्री देउवाले अर्थमन्त्री बनाए । अहिले तरुण दलका अध्यक्ष एबम् युवा नेता उदय शम्सेर राणा समेत अर्थ राज्यमन्त्री बनिसकेका छन् ।
अर्थमन्त्रालयमका हुने बद्नामीमा राणको समेत प्रतिष्ठा जोडिने हुंदा सचिबालय राम्रो बनाउदा राम्रो हुने मन्त्री कार्कीका शुभचिन्तकहरुको दाबी छ । भोजपुरमा दुईवटा निर्बाचन क्षेत्र भएका कारण निर्बाचन लड्न अप्ठेरो पर्ने र यस भन्दा अगाडी पनि धेरै पटक निर्बाचन हारेर मनमा केहि न केहि असन्तुष्ट बनेका मन्त्री कार्की पछिल्लो समयमा समानुपातिक कोटाबाट नेपाली काँग्रेसको साँसद बनेका हुन् ।
गिरिजा प्रसाद कोईरालाका पालामा जलस्रोतमन्त्री समेत बनेका नेता कार्कीसंग कार्यकर्ता चिन्ने गुण छ । यो विपी कोईरालासंग हुने कार्यकर्ता चिन्ने गुण जो कोही नेतासंग नहुने नेपाली काँग्रेसका एक पुराना कार्यकर्ताको भनाई छ । आउदो मंसीर २१ गतेको निर्बाचनमा कांग्रेस नेता कार्कीले प्रदेश नम्बर १ मा भोजपुरबाट नभई सुनसरीको क्षेत्र नम्बर ४ बाट लड्ने मनशाय बनाएको भोपुरका काँग्रेस नेताको ठम्याई छ ।
त्यसैले पनि पछिल्लो समयमा मन्त्री कार्की भोजपुरका भन्दापनि सुनसरीका काँग्रेस कार्यकर्तासंग नजिकिन थालेका छन् । मन्त्री कार्कीले कुनै ठाँउबाट निर्बाचन लड्ने निश्चित नगरेका भएपनि सुनसरीका कार्यकर्ताहरुसंगको हिमचिमका कारण सम्भाबना बढेको अनुमान लगाउन सकिन्छ ।
उनले निर्बाचन जाँहाबाट लडुन्, यो उनको ब्यक्तीगत कुरा हो, उनले निर्बाचनमा प्रदेश नम्बर १ मा कसलाई टिकट दिने भन्ने हैशियत राख्ने हुंदा छानेर टिकट लिन पाउलान्, जित्ने वा हार्ने क्षेत्र पहिचान गरेर उठ्लान् त्यो भविश्यमा देखिएला । अब प्रसंग बदलौं, अर्थमन्त्री कार्की र उनको सचवालयको बिषयमा, सचिवालय पुरा नभएपनि अर्थमन्त्रीको एकजना स्वकीय सचिव हुन् ममता तामागं ।
सुनसरीको नेपाली काँग्रेसको जिल्ला सदस्य भएको बताउने तामागंलाई जिल्लाका कार्यकर्ताले भने चिन्दैनन् । उनी ज्ञानेन्द्र कार्कीको एकजना भाईको पढ्दाखेरीको साथी समेत बताउछिन् । मन्त्रालयमा कसैलाई भेटाउने लगायतका मूख्य काँग्रेस कार्यकर्तासंग झर्किने गर्ने गरेको समाचार प्राप्त भएको छ ।
पछिल्लो समयमा स्वकीय सचिव तामागं स्वामी आनन्द अरुणको ओशो तपोवन समेत धाउने गरेकि छन् । सुनसरीको बराह नगरपालकामा केहि समय अगाडी सम्पन्न स्थानीय तहको निर्बाचनमा उपमेयरमा टिकट माग्दा स्थानीय काँग्रेस कार्यकर्ताबाट ब्यापक बिरोध भएपश्चात नपाएकी भन्ने भन्ने समाचार समेत आएको थियो ।
अर्थमन्त्रीका निकटतम् काँग्रेस कार्यकर्ताका अनुसार उनले दर्जनौं काँग्रेस कार्यकर्तालाई मन्त्रालय र मन्त्री निवासमा झपार्ने, गाली गलौज गर्ने गरिसकेकी छन् । ममता सरकारी गाडीमा सवार गर्ने गरिकी छन् ।
उनले उक्त गाली गजौज गर्दा सुनसरीमा राजनीतिक प्रभाब राख्ने पूर्व काँग्रेस माहासमिति सदस्य समेत रहेका एक नेताले भने हामीले मन्त्री ज्यूलाई पटक पटक सम्झायौ, वहाँले मान्नुहुन्न त के गर्ने ? कि त ममता जिको बानी सुध्रिनु पर्यो, कि त अर्को माने राख्नुपर्यो, उनका अनुसार मन्त्रीको स्वकीय सचिवको उक्त बानीले उनलाई नै असर गर्छ, हामी त कहिले काँही जनताका काम लिएर जाने हो खासै फरक नपर्ला ।
ती कार्यकर्ताको भनाईमा गरिजा प्रसाद कोईरालाको क्षेत्रमा निर्बाचन लड्न जाने विचार भए आफ्नो क्षेत्रका कार्यकर्तासंग निकट कार्यकर्तासंग गर्ने सचिवालयको ब्यावहार राम्रो गर्नुपर्ने बताउन् । भन्छन् भोजपुरजस्तो सुनसरीमा निर्बाचन लड्न सजिलो छैन । ईमान्दार मिडिया/सुचनाकेन्द्रमा समाचार छ ।
No comments:
Post a Comment