गणेश भगवानको मुर्ती राखेर मासुको विज्ञापन (भिडियो सहित) - KTV Khabar

Breaking

गणेश भगवानको मुर्ती राखेर मासुको विज्ञापन (भिडियो सहित)

;

एजेन्सी – अस्ट्रेलियाको एक मासु उत्पादन कम्पनीको विज्ञापनमा भगवान् गणेशलाई देखाएपछि त्यहाँ रहेका हिन्दू धर्मालम्बीहरु रुष्ट भएका छन् । सामाजिक सञ्जालमा यस कदमको कडा विरोध भइरहेको छ ।

मीट एन्ड लाइभस्टक अस्ट्रेलिया (एमएलए) नामक यस कम्पनीको वेबसाइटमा अस्ट्रेलियाली सरकारको सहयोगी कम्पनीका रूपमा यसलाई देखाइएको छ ।

 

गत सोमबार प्रसारित विज्ञापनमा भगवान् गणेशको प्रयोग गरेर भेडाको मासु बेच्न खोजिएको छ। विज्ञापनमा भगवान् गणेशलाई टेबुलअघि बसेको देखाइएको छ । उहाँका अलावा जीसस, बुद्ध र यहुदीहरू पनि टेबलमा देखिन्छन् । विज्ञापनको ट्यागलाइन पनि विवादास्पद छ ।

 

त्यसमा लेखिएको छ:द मीट – वी क्यान अल ईट । अर्थात् त्यस्तो मासु जुन हामी सबैले खान सक्छौं । सामाजिक सञ्जालमा यस कदमको कडा विरोध भइरहेको छ। बिरोधपछि विज्ञापनको कन्टेन्ट हेर्नै संस्था अस्ट्रेलियन स्ट्यान्डर्ड्स ब्युरोले यसको जाँच गरिरहेको छ। विवाद उठेपछि मासु कम्पनीका प्रमुख एन्डु होवीले भनेका छन्भे, – ‘डाको मासु सबैले उत्तिकै मन पराउँछन् भन्ने देखाउन हामीले यस्तो विज्ञापन बनाएका हौं।’ फरक धर्म मान्नेहरूकहाँ पुग्ने हाम्रो कोशिश हो।

 

No comments:

Post a Comment