पूर्व हवल्दारले रुँदै भने, ‘जीवनभर कमाएको सम्पत्ति श्रीमतीले स्वाहा पारेर भागिन्’ - KTV Khabar

Breaking

पूर्व हवल्दारले रुँदै भने, ‘जीवनभर कमाएको सम्पत्ति श्रीमतीले स्वाहा पारेर भागिन्’

;

इटहरी । नेपाल प्रहरीमा हवल्दार छँदै राजिनामा दिएका इटहरीका ध्रुवकुमार श्रेष्ठ आफ्नी श्रीमतीको फोटो र केही महिलाको नागरिकताको फोटोकपी बोकेर हिडेका भेटिए । उनको साथमा केही पासपोर्टको फोटोकपी पनि थियो । त्यससँगै केही महिलाको पासपोर्ट साइजको फोटो पनि । उनी भन्दै थिए, ‘मेरी श्रीमती महिला तस्कर हो, हराइरहेकी छे, खोजीको लागि सहयोग पाउँ ।’

उनले आफ्नै श्रीमती सरिता लिम्बुलाई यसरी तस्कर भन्नुको कारण उनकी श्रीमती नेपाली महिलाहरुलाई भारतीय बाटो हुँदै खाडी पठाउने गरेकोले हो । ‘घरमा मैले खोजी गर्दा उसले राखेका यी कागजपत्र फेला पारेँ,’ उनले सो विषयमा श्रीमतीसँग गरेको कुराकानीको अडियोसमेत सुनाउँदै भने, ‘मैले जति भन्दा पनि मान्दै मानिनन्, अहिले त मलाई नै ठगेर भागि ।’

उनी नेपालगञ्जमा एक पटक महिला तस्करीको आरोपमा समातिएको र काँकडभिट्टा नाकाबाट महिलाहरु विदेश पठाउने गरेको उनका श्रीमान श्रेष्ठको दावी छ । यसरी महिला पठाउँदा सीमामा खटिएका प्रहरी र मानव बेचविखनविरुद्ध काम गरिरहेका संस्थाका प्रतिनिधिले शंका नगरुन् भनेर केही

बालबालिकासमेत साथै लगाएर सीमा पार गराउने गर्छन् । श्रेष्ठले आफ्नै छोरालाई समेत प्रयोग गरिएको बताउँछन् । ‘बालबालिका लगाएर बोर्डर कटाउँदा परिवार हो भनेर शंका गर्दैनन्,’ श्रेष्ठले भने ।

श्रीमतीले विदेश पठाएका महिलाहरुको फोन आउने गरेको सुनाउँछन् उनी । उनले आफ्नी श्रीमतीको दुई वटा नागरिकता भएकोसमेत आरोप लगाएका छन् । श्रीमतीलाई खोजि गरेर अनुसन्धान गर्न आग्रह गरेका छन् । तर उनले यसरी श्रीमतीको बारेमा खुलासा गर्नुको कारण भने उनी स्वयं श्रीमती पीडित भएर हो ।

श्रेष्ठको घर भोजपुर हो । प्रहरी जागिरकै सिलसिलामा धनकुटाको भेडेटार आएका उनको प्रेम सरिता लिम्बुसँग बस्यो । दुवैले १६ वर्षअघि विवाह गरे । ‘पहिला अर्कैसँग बिहे भएर छाडेको रहेछ,’ उनले भने । विवाहपछि पनि जीवन राम्रै चल्दै थियो । श्रेष्ठले आफूले कमाएको पैसाले धरान र इटहरीमा जग्गा जोडेका थिए ।

‘तीन वटा जग्गा र लाखौं स्वाहा पारी’ धरानमा १ कठ्ठा ४ धुर र इटहरीमा एक कठ्ठा जग्गा जोडेर श्रीमतीको नाममा राखिदिएको बताउँदै उनले ती जग्गाहरु पनि आफूलाई थाहै नदिइ अरुलाई नै बेचिएको दुःखेसो गरे । भने, ‘त्यसबाहेक उसले धरान ५ मा १५ धुर ऐलानी जग्गा पनि किनेको बताउँथी ।’

तर आफूले दुःख गरेर जोडेको इटहरीको जग्गा आफ्नै काकाकी छोरी जयालाई पहिले एक लाख र पछि पाँच लाख रुपैयामा धितो पास गरेको उनले बताए । सरिताले २०६९ असारमै ऋण लिएर जग्गा धितो पास गरेकी रहीछन् ।

जग्गाको लालपुर्जा तीन दिन माग्दा पनि नदेखाएपछि आफूले खोजी गर्दा जग्गा नै बेचिसकेको थाहा पाएका थिए । अहिले त्यो जग्गा सुशीला मैया शाही क्षेत्रीको नाममा गएको श्रेष्ठ बताउँछन् । यस्तै धरानको जग्गा पनि बेचेर खाएको उनको आरोप छ । अहिले श्रीमती अर्कै व्यक्तिसँग विवाह गरेर गएको बताउँदै उनले भने, ‘पछि कुरा हुँदा उनले अप्रत्यक्ष रुपमा डिभोर्स मागेकी छिन् ।’

‘श्रीमतीकै कारण जागिर गुम्यो’ विगत पाँच महिनामा उनले इलाका प्रहरी कार्यालय इटहरी र महानगरीय प्रहरीमा श्रीमती खोजिदिन भन्दै निवेदन दिएका छन् । आफै प्रहरी भएर पनि आफ्नो निवेदनउपर प्रहरीले नै चासो नदिएको उनको गुनासो छ ।

आफ्नो खोजी तीव्र भएपछि श्रीमतीले प्रहरीमा उल्टै महिला हिंसाको उजुरी दिइन् । उजुरीलगत्तै प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लियो । एक महिनाअघि आफूलाई प्रहरी हिरासतमा राखिएको बताउँदै रुँदै भने, ‘डीएसपीले सिपाहीमा घटुवा गरिदिन्छु भन्नुभयो,’ उनले थपे, ‘असई हुने मान्छे घटुवा हुनुभन्दा राजिनामा दिनु ठिक लाग्यो ।’

उनले आफ्नी श्रीमतीलाई छिटो खोजेर छोरा र सम्पत्ती पाउनुपर्ने माग गरेका छन् ।khabartime

No comments:

Post a Comment