आमा बनेको दुई हप्तापछि टेनिस स्टार सेरेना विलियम्सले सार्वजनिक गरिन् छोरीको तस्बिर - KTV Khabar

Breaking

आमा बनेको दुई हप्तापछि टेनिस स्टार सेरेना विलियम्सले सार्वजनिक गरिन् छोरीको तस्बिर

;

एजेन्सी । ३५ वर्षीया अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले आफ्नी छोरीको पहिलो फोटो सार्वजनिक गरेकी छिन् ।

सेरेनाले छोरीलाई जन्म दिएको दुई हप्तापछि पहिलो पटक इन्स्टाग्रामा सेल्फी सेयर गरेकी छिन् जसमा आमा–छोरी दुबै देखिएका छन् ।


सेरेनाले आफ्नी छोरीको नाम पनि खुलासा गरेकी छिन् । २३ ग्राण्ड स्ल्याममा कब्जा जमाइसकेकी सेरेनाले छोरीको नाम बुवाको नाममाथि राखेकी छिन् ।

सेरेनाका प्रेमीको नाम एलेक्सिस ओहानियन हो । उनैको नाममा सेरेनाले छोरीको नाम एलेक्सिस ओलम्पिया ओहानियन जूनियर राखेकी छिन् ।

सेरेना सेप्टेम्बर १ तारिखमा आमा बनिन् । छोरीको जन्मपश्चात् थुप्रै जटिलताका कारण सेरेना ६ दिनसम्म अस्पतालमा बस्नु पर्यो । यद्यपी, एलेक्सिस स्वस्थ जन्मिइन्, उनको तौल तीन किलोभन्दा बढि थियो ।
सेरेना विलियम्सले टेनिस वर्ल्डलाई आफ्नो गर्भवतीको खबर गत अप्रिलमा दिएकी थिइन् । त्यतिबेला सेरेनाले स्न्यापच्याट पोष्ट मार्फत आफ्ना प्रशंसकमाझ यसबारे जानकारी दिएकी थिइन् ।

No comments:

Post a Comment