एजेन्सी । तीन युवकले १५ वर्षीया एक किशोरीलाई बन्धक बनाएर एक महिनादेखि लगातार बलात्कार गर्दै आएको खबर बाहिरीएको छ। ती किशोरीले पोखरी तैरिएर आफ्नो ज्यान बचाउन सफल भएकी छन्।
यो घटना अमेरिकास्थित मिनेसोटा भन्ने स्थानको हो। १५ वर्षीया ती किशोरी अघिल्लो महिनाको ८ तारिखबाट वेपत्ता भएकी थिइन्। उनका परिवारले उनी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। केही दिनअघि प्रहरीले ती किशोरीलाई घरदेखि करीब ४० मिटर टाढा फेला पारेको थियो।
तीन युवकले पहिले अपहरण गरेको र पछि एक महिनासम्म लगातार बलात्कार गरेको ती किशोरीले प्रहरीलाई बताइएकी थिइन्। ती व्यक्तिले किशोरीलाई शारिरीक, मानशिक तथा यौन शोषण गर्दै राखेका थिए। त्यहाँबाट भाग्न किशोरीलाई एकदमै मुश्किल थियो। उक्त ठाउँमा निकै ठूलो ताल समेत थियो। उक्त ताल पार गर्न निकै मुश्किल पर्दथ्यो। तर यातनाबाट पीडित ती किशोरीले उक्त तालमा तैरीएर आफ्नो ज्यान बचाउन सफल भएकी छिन्। किशोरीलाई दिएको जानकारी अनुसार प्रहरीले तीन जना अपहरणकारीलाई पनि पक्राउ गर्न सफल भएको छ।
ती अपराधिले किशोरीसँग सहयोग माग्ने बहानामा आफ्नो कारमा चढाएका थिए। त्यसपछि उनीहरुले किशोरीलाई सुनशान ठाउँमा पुर्याएर उनको लगातार बलात्कार गरेका थिए।
No comments:
Post a Comment