राष्ट्रपतिलाई लक्षित गरी माओवादी विद्रोहीले गोली प्रहार गरे, ४ अंगरक्षक घाइते - KTV Khabar

Breaking

राष्ट्रपतिलाई लक्षित गरी माओवादी विद्रोहीले गोली प्रहार गरे, ४ अंगरक्षक घाइते

;

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेलाई लक्षित गरी आक्रमण भएको छ । उनको सवारीलाई लक्षित गरी भएको आक्रमणमा उनका अंगरक्षक गम्भीर घाइते भएका छन् ।राष्ट्रपतिलाई नै लक्षित गरी आक्रमण गरिएपनि गाडीको लामो लस्करको निकै पछि रहेकाले उनी जोगिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्
फिलिपिन्सका माओवादी विद्रोहीले आक्रमण गरेका गृह मन्त्रालयले जानकारी दिएको छ । फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापू नजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो सङ्ख्यामा सवारी खटाइएको थियो ।
हमलाकारीले राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी साधनमा हमला गरेका थिए । फिलिपिन्समा लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको माओवादी विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए । नेपाली हेडलाइन्सबाट

The post राष्ट्रपतिलाई लक्षित गरी माओवादी विद्रोहीले गोली प्रहार गरे, ४ अंगरक्षक घाइते appeared first on News Fetch.

No comments:

Post a Comment