एक अनुसन्धान अनुसार तिते करैलाको प्रयोगबाट पेटको क्यन्सर र मधुमेहको सघन उपचार हुन सक्ने पत्तो लागेको छ । हाम्रो गाउँठाउँ सबैतिर उत्पादन गर्न सकिने तिते करैलाको प्रयोग बाट पेटको क्यान्सर र मधुमेह निको हुन्छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ , तर यो सत्य साबित भएको छ ।
धेरैलाई थाहा नहुन सक्छ हामीले तरकारीको रुपमा प्रयोग गर्दै आइरहेको तिते करैलाको प्रयोग औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसैलाई मध्यनजर गर्दै बैज्ञानिकहरु करैला सेवनबाट पेटको क्यान्सर र मधुमेह कसरी निको पार्न सकिन्छ भन्ने अनुसन्धानमा जुटेका छन् ।
तिते करैलाको सेवनले इनसुलिनलाई नियमित गर्न सहयोग गर्छ । र इनसुलिन नियमित भएको खण्डमा पेट संबद्ध क्यान्सरमा आराम मिल्छ । जनावरमा गरिएको अनुसन्धानले पनि देखाइसकेको छ कि तिते करैलाको सेवनबाट बोसोको मात्रा घटाउन सहयोग पुर्याउँछ । परम्परालाई हेर्ने हो भने पनि तिते करैला जुन अन्य तरकारी वा फलफूलहरु मध्य तीतो सब्जीको रुपमा परिचित छ । र यसको प्रयोगले ताप जरो, पीडा, छालामा हुने खरावी तथा आगोले पोलेक घाउ निको पार्छ ।
तीते करैला र पेट संबद्ध क्यान्सर-
पेट संबद्ध क्यान्सर भनेको यस्तो बेथा हो जुन अत्यन्तै तीर्व गतिमा फैलिने गर्छ र साधारण उपचार जस्तै केमोथेरापी र रेडियोथेरापीलाई समेत टेरदैन । अमेरिकाको कोलोराडो विश्वविधालयमा तीते करैलाको प्रयोग पेटका क्यान्सर रोगीमा गरिएको थियो । पेट संबद्ध क्यान्सरका चार विभिन्न लाइनमा गरिएको अध्यन जुनमा प्यानक्रियाटिक क्यान्सर सेलका बारेमा अध्ययन गरिएको थियो ।
अनुसन्धानकर्ता त्यतिबेला अचम्ममा परे जव तीते करैलाको जुसले क्यान्सर सेलको बृद्धीमा अवरोध पुरया्यो र त्यसलाई मारिदियो । र ट्युमर जसमा पानी भरिएको हुन्थ्यो त्यसको आकार ६० प्रतिशतले घट्यो । तर शरीरमा कुनै प्रकारको खरावी वा साइड इफेक्ट भने देखिएन ।
तीते करैला र मधुमेह-
मधुमेहको उपचारमा तीते करैलाको सेवनका बारेमा धेरै अनुसन्धानहरु गरिएको छ । तर ती सबै अध्यनहरुको निचोड भने एउटै छैन । जरनल अफ इथनोफारमाकोलोजीमा २०११ मा प्रकाशित एउटा अध्यनलाई हेर्ने हो भने , तीते करैलाको सेवनले मधुमेह २ का बिरामीको रगतमा भएको ग्लुकोजलाई अत्यधिक मात्रामा घटायोे । तर जरनल अफ क्लिनिकल इपिडीमीयोलोजी मा प्रकाशित २००७ को अध्यनलाई हेर्ने हो भने त्यसले मधुमेह २ मा कुनै फाइदा पुर्याएको देखिदैन ।
संसारको सबैभन्दा पुरानो र ठूलो क्यान्सर उपचार केन्द्र – मेमोरियल सलोन केट्रीङ क्यान्सर सेन्टरका अनुसार तीते करैलाले रगतमा भएको ग्लुकोज लेभललाई घटाउन सक्छ, तर यसले इन्सुलिन वा अन्य उपचारलाई कसरी इन्टरयाक्ट गर्छ थाहा छैन । त्यसैगरि तीते करैलाको सही मात्रा पनि पत्तो लगाइएको छैन, त्यसकारण तीते करैलालाई इनसुलिन वा हाइपोग्लाईसेमिक ड्रग्स थेरापीको सट्टामा लिन सकिन्न ।
तीते करैलाको प्रयोग कसरि गर्ने-
तीते करैला फलफुलका रुपमा, पेयका रुपमा वा यसको वियाँको प्रयोग खानमा मिलाएर पनि सेवन गर्न सकिन्छ । तीते करैलाको परिकार हर्बलका रुपमा पनि उपलब्ध छ । तीते करैलाको मात्रा धेरै भयो भने यसले पेटमा दर्द, पखाला जस्ता समस्या ल्याउन सक्छ । तसर्थ एक दिनमा दई औन्स वा दुई वटा भन्दा बढी प्रयोग नगर्नुहोस् ।
गर्भवती महिलाले तीते करैलाको प्रयोग नगर्नुहोस् किनकि यसले पेटको बच्चालाई हानी पुर्याउँछ र गर्भ समेत तुहिन सक्छ । यदि तपाई तीते करैलाको प्रयोग गर्न चाहनु हुन्छ भने सर्वप्रथम आफ्नो चिकित्सकको सल्लाह लिन नभुल्नु होला ।
नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला

The post दैनिक तिते करेलाको सेवनबाट क्यान्सर र मधुमेह उत्तम उपचार appeared first on News Fetch.
No comments:
Post a Comment