नवौँ दिनसम्म पनि रणबहादुरको परिवारले शब बुझेन, साउन ६ गते यातायात बन्द गर्ने - KTV Khabar

Breaking

नवौँ दिनसम्म पनि रणबहादुरको परिवारले शब बुझेन, साउन ६ गते यातायात बन्द गर्ने

;

दाङ, साउन ४ । घोराही उपमहानगरपालिका—१२ कात्तिके निवासी रणबहादुर घर्ती मृत भेटिएको ९ दिन पुगीसक्दा उनको परिवारले शब बुझेका छैनन् । घर्तीको अपहरणपछि हत्या गरिएको र दोषीलाई जन्मकैदको माग गर्दै आएका परिवारले ९ दिन पुग्दासम्म पनि शब नबुझेका हो ।
हत्यामा संलग्नलाई फाँसी तथा जन्मकैद हुनुपर्ने र परिवारलाई उचित क्षतिपूर्तीको माग गर्दै आएको परिवारले शब बुझ्न मानेका छैन । शबलाई राप्ती उपक्षेत्रिय अस्पतालको शब गृहमा राखिएको छ ।
परिवारले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शब नबुझेको बताइएको छ । रणबहादुर घर्तीका दाजु गणबहादुर घर्तीले राज्यले कारबाही र क्षेतिपुर्तिको ग्यारेण्टी नगर्दासम्म शब नबुझ्ने बताए ।
यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले घर्ती परिवारलाई भेटी शब बुझ्न आग्रह गरेका छन् । घर्ती परिवारले श्रेष्ठ र चौधरीको आग्रहलाई स्वीकार गरेको छैन ।
यस्तै जिल्ला प्रहरी कार्यालय दाङले घर्ती परिवारले शब नबुझ्दा कानुनी प्रक्रियामा समस्या आएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख डिएसपी भुवनेश्वर तिवारीले कानुनी उपचारमा समस्या आएको बताए ।
साउन ६ गते यातायात बन्द हुने
यसैबीच हिन्दु जागरण नेपाल दाङले रणबहादुर घर्तीका हत्यारालाई कडा कारबाही गर्न माग गरेको छ । हिन्दु जागरण दाङका अध्यक्ष यमबहादुर भण्डारीले आज एक प्रेस विज्ञप्ती जारी गरी अपहरण र हत्यामा संलग्नलाई कडा कारवाही गर्न र क्षतिपूर्तीको माग गरेका छन् ।
साथै बिज्ञप्तीमा कारवाहीका लागि दवाव दिन साउन ६ गते दाङमा यातायात बन्द गर्ने उल्लेख गरेका छन् । तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठसंगै घर्तीको जेठ २६ गते अपहरणमा परेका थिए ।
राजकुमार श्रेष्ठलाई अपहरण गर्ने समुहका व्यक्तिहरु सँग घर्तीको सल्यानमा भेटभएपछि अपराध लुकाउन अपहरणकारीले घर्तीलाई समेत अपहरण गरेर हत्या गरेको खुल्न आएको छ । हत्यापछि श्रेष्ठको असार १६ र घर्तीको २७ गते सल्यानमा शब भेटिएको थियो । अपहरण र हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । नेपालीपत्रको सहयोगमा
The post नवौँ दिनसम्म पनि रणबहादुरको परिवारले शब बुझेन, साउन ६ गते यातायात बन्द गर्ने appeared first on News Fetch.

No comments:

Post a Comment