ढलले निलेको विनिता फुयाँलको कथा ,,खाली छ उनको बेन्च,,उजाड परिवारको सुझाव !!   - KTV Khabar

Breaking

ढलले निलेको विनिता फुयाँलको कथा ,,खाली छ उनको बेन्च,,उजाड परिवारको सुझाव !!  

;

ढलले निलेको विनिता फुयाँलको कथा
काठमाडौं । राजधानीमा परेको मुसलधारे पानीसँगै उर्लेको ढलको पानी असार ३० गते काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा १० बर्षिया बालिका विनीता फुँयालको ज्यान लियो ।
यो यही ठाउँ हो । जहाँ विनिता खसेकी थिईन् । यो ढल यतिखेर पुरिएको छ । तर त्यो दिनको सम्झना कहिल्यै नपुरिने गरि बसेको छ, झंकनाथ फुयाँल दम्पतीका लागि । सन्तानलाई गुमाउनुपरेको कालो दिन उनीहरुका लागि यादगार बनिरहेको छ ।
यसरी बगेकी थिइन विनिता
शुक्रबार, स्कुल विदाको दिन थियो । छुट्टिको दिन खाजा खाएर आफ्नो भाईसंग खेल्न निस्केकी थिईन विनिता । त्यही समय करिब ४ बजेतिर ठुलो पानी प¥यो ।
पानी परेसंगै तारकेश्वर नगारपालिका स्थित नेपालटारमा रहेका अब्यबस्थित खुला ढलहरुले सडक नै पार गर्न आँटेका थिए । पानी रोकिएपछि घरमा फर्कने क्रममा विनिता एक्कासी नालीमा डुब्न पुगेकी थिइन् ।
प्रत्यक्षदर्शीहरुले उनलाई उद्दार गर्न त खोजे तर खहरे खोलाझैँ बनेको नालीको भेलले एकछिनमै बिनितालाई महादेव खोलामा पु¥यायो ।
आफन्तले कोसिस गर्दागर्दै ढलले बगाएर सेरामी खोला, विष्णुमति हुँदै चमती नदीमा पुया¥यो । चमती नदीमा पुगेपछि प्रहरीले जीवित उद्धार गरे तर बिनिताको प्राण बचेन ।
त्यसलगत्तै उनलाई पिपुल्स हस्पिटल पु¥याईयो, त्यसपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पनि लगिएको थियो । तर चिकित्सकले विनीतालाई मृत घोषणा गरिदिए ।
खाली छ उनको बेन्च
१० बर्षीया बिनिता नेपालटार स्थित युरिका हाइस्कुलमा कक्षा ३ मा पढै थिइन् । संधैजसो स्कुलको माहोल उत्साहपुर्ण रहन्थ्यो तर त्यसपछिको दिन सुनसान छ । उनी पढ्ने कक्षा कोठा यहि हो र उनीबस्ने बेन्च पनि यही हो ।
तर यो बेन्चको सिट खाली छ । उनीसंगै पढ्ने खेल्ने रमाउने साथीहरुमा उनको अभाव खड्किएको छ । साथीसंगी मात्र होईन स्कुल परिवार देखि उनलाई मायाँ गरेर पढाउने गुरु, गुरुआमाहरु पनि उनको सम्झना यसरी गर्छन् ।
एउटा उजाड परिवारको सुझाव
काठमाडौंको अस्तव्यस्त सडकले छोरीको ज्यान लिएपछि फुयाल परिवार यतिबेला पीडाले छटपटिएको छ । अब्यबस्थित ढलकै कारण आफ्नो नाबालिका छोरीको मृत्यु भएपछि उनीहरु यतिखेर शोकमा छन् ।
मृतक बालिकाका बुवा झंकनाथले विकास निर्माणमा हुने चरम लापरवाहीका कारण छोरी गुमाउनुपरेको प्रति ठुलो गुनासो गरे । यस भन्दा अघि पनि यहि ठाउँमा २ पटक यस्तै घटना घटेको थियो ।
गत वर्ष यहि ढलले स्कुटी बगाउँदा चालक युवतीले भाग्यले ज्यान जोगाएकी थिइन् । सोही ठाउँमा पुन ः दुई जना पनि परेर मुस्किलले बाँचेका थिए ।
र, अहिले यो परिवार सरकारसँग आफ्नो छोरीले जसरी कसैले ज्यान गुमाउन नपरोस् भन्ने कामना गरिरहेको छ । तर, अझै पनि राजधानी भित्र र देशका विभिन्न ठाउँमा ज्यानमारा ढलहरु छन् जस्ले कस्को ज्यान कहाँ कति खेर लिन्छ भन्न सकिने अवस्था छैन ।@gulfact

The post ढलले निलेको विनिता फुयाँलको कथा ,,खाली छ उनको बेन्च,,उजाड परिवारको सुझाव !!
 
appeared first on News Fetch.

No comments:

Post a Comment