;
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा एउटा बलात्कारको मार्मीक घटना बाहिर आएको छ।
पञ्जाब गाउँको पञ्चायतको आदेशमा एक व्यक्तिले परिवारकै अगाडि १६ वर्षीया युवतीको बलात्कार गरेका छन्। पीडित युवतीका भाइमाथि आरोपी युवककी बहिनीको बलात्कार गरेको आरोप थियो। त्यसैले युवतीका भाइलाई सजाय दिन गाउँका पञ्चायतले उक्त आदेश दिएका थिए।
यो घटना १८ जुलाईको हो। उक्त घटनाबारे जानकारी पाएपछि प्रहरीले २० जना गाउँलेलाई पक्राउ परेको छ। एउटा बलात्कारको घटनाको सजाय भन्दै गाउँको पञ्चायतले अर्को घटना घटाएको प्रहरीको आरोप छ। पञ्चायतले जुलाई १६ मा बलात्कारको आदेश दिएको दियो तर उक्त आदेशको परिवारले विरोध गरेको थियो।

The post भाइलाई सजाय दिन परिवारकै अगाडि दिदीको बलात्कार appeared first on Daleema News.

No comments:
Post a Comment