;

एजेन्सी । यो संसारमा पहिला कुखुरी आई कि अण्डा आयो ? यो प्रश्नले आजसम्म पनि धेरैलाई रिंग्याइरहेको छ । कसैले पनि यसको जवाफ दिन सकेका छैनन् ।तर अहिले आएर वैज्ञानिकहरूले यसको जवाफ पत्ता लगाएका छन् । शेफील्ड र वारविक विश्वविद्यालयले पहिले कुखुरी आएको दाबी गरेका छन् । विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानबमोजिम ओभोक्लाइडिन नामक प्रोटीनबाट अण्डाको खोल बनेको हो र यो प्रोटीनविना अण्डाको निर्माण सम्भव छैन ।
अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक डाक्टर कोलिन फ्रीम्यानका अनुसार लामो समयदेखि चलिरहेको यो विवाद अब अन्त्य भएको छ । यसलाई प्रमाणित गर्नका लागि पर्याप्त वैज्ञानिक सबूत पनि उपलब्ध भएको उनी बताउँछन् ।कुखुरीको गर्भाशयमा प्रोटीन उत्पन्न हुन्छ र त्यसैबाट अण्डा बन्छ । कुखुरीको शरीरमा अण्डाको बोक्रा तयार हुनु नै दुर्लभ प्रक्रिया हो । यो कसरी हुन्छ भनेर थाहा पाइयो भने नयाँ तथ्य बाहिर आउन सक्छ । अहिले यही जान्नका लागि अध्ययनहरू भइरहेका छन् ।
The post जन्म कसको पहिला कुखुरी पहिला कि अण्डा ? वैज्ञानिकहरूले पत्ता लगाए(भिडीयाेमा हेर्नुहोला ) appeared first on News Fetch.
No comments:
Post a Comment