२०१४ मा पतिको मृत्यु : २०१७ मा दिईन छोरीलाई जन्म - KTV Khabar

Breaking

२०१४ मा पतिको मृत्यु : २०१७ मा दिईन छोरीलाई जन्म

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

संसारमा दैनिक धेरै घटनाहरु घट्ने गर्दछन् । कुनै घटनाहरु यस्ता हुने गर्दछन् जुन हामीलाई सहजै पत्याउन निकै मुस्किल पर्ने गर्दछ । पतिको मृत्यु भएको साढे २ वर्षपछि न्यूयोर्कमा एक महिला छोरीको आमा बनेकी छिन् ।

यो घटना पत्याउन असहजै हुन्छ तर यो सत्य हो । सन् २०१४ मा न्युयोर्क पुलिस डिपार्टमेन्टमा अफिसर वेन्जियन लियू र राफेल रामोस कारमा गस्ति गरिरहेको समयमा एक आत्मघाती हमलमा मृत्यु भएको थियो । वेन्जियन लियूको मृत्यु भएको झण्डै साढे २ वर्षपछि उनकी पत्नी पेई जिया चेनले एक छोरीको जन्म दिएकी हुन् ।

आफ्नो पति मात्रै नभएर मिल्ने साथी समेत रहेका लियूको मृत्यु चेनका लागि निकै दु:खदायी घटना थियो । चेनलाई ३२ वर्षको उमेरमा छाडेर जाने आफ्ना पति लियू सँधै आफनो साथमै छन् भन्ने लाग्दछ ।
सायद यहि विश्वासका कारण उनले पतिको मृत्यु भएको साढे २ बर्षपछि मंगलवार न्यूयोर्कमा रहेको प्रेस्बिटेरियन अस्पतालमा छोरीको जन्म दिएकी हुन् । उनले आफ्नो छोरीको नाम एंजेलीना राखेकी छिन् ।

उता लियूले मर्नुभन्दा पहिले आफ्नो विर्य सुरक्षित गरियोस ताकि चेनले आफ्नो बच्चा जन्माउन सकुन भन्ने इच्छा राखेका थिए । मंगलवार उनले लियूको इच्छा पूरा गरेकी हुन् । न्यूयोर्क पुलिस डिपार्टमेन्टले चेन र उनकी छोरीको फोटो सार्वजनिक गरेको छ ।

(नेपालजापानबाट)

The post २०१४ मा पतिको मृत्यु : २०१७ मा दिईन छोरीलाई जन्म appeared first on Daleema News.

No comments:

Post a Comment