९ सेप्टेम्बर १९६७ मा अमृतसरमा जन्मिएका बलिउड नायक अक्षय कुमार आफ्नो ४८ औ जन्मदिन मनाउदै छन्। एक्सन नायक हुदै बलिउडमा चिनिइएका अक्षयले अहिले जुनै पनि विधाको फिल्म खेल्छन्। अक्षयका केमडी फिल्महरु संगै उनको आफ्नै जीवनको लभ अफेर झनै रोचक छ।
टि्वंकल खन्नासंग विवाह गर्नु भन्दा अघि अक्षय थुप्रै केटीहरुसंग सम्बन्ध स्थापित गर्ने काममा निकै चर्चित थिए। अक्षय कुमारको नाम ९० को दशकमा अधिकांस ठुला नायिकहरुसंग जोडिएको थियो। रवीना टंडन, शिल्पा सेट्टीसंग अक्षयको सम्बन्धको हल्ला यति चलेको थियो की मानिसहरु अक्षयको विवाह यीनै नायिकाहरुसंग हुन्छ भन्न सुरु गरेका थिए। तर बाजी टि्वंकल खन्नाले मारिन।
शिल्पा शेट्टीले एक अन्तर्वातामा भन्थिन, ‘अक्षयले सम्बन्ध सुरु गर्ना साथ विश्वास दिलाउन झटपट इन्गेजमेन्ट गरिहाल्थे’। मध्य रातमा आफ्ना हरेक गर्लफ्रेन्डलाइ मुम्बईको सिद्धि बिनायक मन्दिर लिएर जान्थे अनि सोही मन्दिरमा बसेर विवाह गर्ने वचन दिन्थे, तर जब अक्षयको जीन्दगीमा कुनै नयाँ केटी आउँथिन, अक्षय आफ्नो वचन बिर्सन्थे।
अर्की पुरानी गर्लफ्रेन्ड रवीना पनि अक्षयको बारेमा यस्तै भन्छिन। हर प्रेमिकालाई उ नै सबैभन्दा प्यारी र महत्वपुर्ण हो भनि बुझाउन अक्षयले हर प्रयास गर्ने रवीनाले पनि खुलासा गरेकी थिइन।
सन् २००१ जनवरी १७ मा टिवंकल खन्ना संग विवाह रचेका अक्षय अहिले खुसी साथ वैवाहिक जीवन व्यतीत गर्दैछन्। अक्षयले आफ्नै मनले भने यो विवाह गरेका थिएनन। टिवंकलको आमा डिपंल कपाडियाको दबाबको अगाडी झुकेर अक्षयले यो विवाह गरेका थिए। यी जोडीको दुई बच्चा पनि छन्। विवाह पछि अक्षय सिधा सादा भइ वैवाहिक जीवनमै व्यस्त बने।
टिवंकल भन्दा अगाडी अक्षयको शिल्पा शेट्टीसंग सम्बन्ध थियो। ९० को दशकमा अक्षय र शिल्पा बलिउडका हट जोडी मध्येको एक थिए। यी दुईको इन्गेजमेन्ट पनि भइसकेको थियो। अहिले यी दुई केवल बिजनेस पार्टनर छन्।
बलिउडकी एभरग्रीन नायिका रेखा संग पनि अक्षयको अफेयरको हल्ला चल्ने गरेको थियो। फिल्म ‘खिलाड़ियों का खिलाड़ी’ को सुटिङको बखत यी दुईको सम्बन्ध अझ नजिकिएको बताइन्छ। यो सम्बन्ध बलिउडको सबैभन्दा अचम्मित पार्ने सम्बन्ध मध्ये थियो। रेखा उमेरले अक्षय भन्दा निकै ठुली थिइन। यी दुवैले यो बारेमा कहिल्यै केही बोलेनन।
शिल्पा भन्दा पहिले अक्षय रवीना टंडनसंग दिन बिताउँथे। जब अक्षय रवीनासंग डेट जाने गरेका थिए, सोही बखत समय मिलाएर शिल्पासंग पनि डेट जाने गरेका थिए अक्षय।
९० की दशककी सुन्दरी नायिका आयशा जुल्कीसंग पनि अक्षयको निकै मिल्ती थियो। ‘खिलाड़ी’ फिल्मको सुटिङ गर्दा यी दुइको सम्बन्ध नजिकिएको थियो।
बलिउडमा आउनुभन्दा अगाडी अक्षयको अफेयर चर्चित मोडल पुजा बत्रासंग थियो। यी दुईको इन्गेजमेन्ट पनि भइसकेको थियो।
विवाह पछि सुध्रिएका भनिएको अक्षय नायिका प्रियंका चोपडासंगको अफेयरको हल्लाले निकै चर्चामा आएका थिए। अंदाज फिल्मको सुटिङको बखतबाट यी दुईको अफेयर चलेको थियो। टि्वंकलसम्म यो करा पुगे पछि खटपट भयो, तर पछि अक्षयले प्रियंका संग टाढिएर विवाह बचाए।
साभार : नेपाली हेडलाइन्स

The post अक्षय कुमारका ७ गर्लफ्रेन्डः हरेक गर्लफ्रेन्डसंग इन्गेजमेन्ट appeared first on Daleema News.

No comments:
Post a Comment