दबंग३ मा एक साथ देखिदै सलमानकी प्रेमिका लुलिया र सोनाक्षी
काठमाडौँ । सलमान खानको गृह ब्यानरमा निर्माण हुन लागेको फिल्म दबंग सिक्वेल ‘दबंग–३’का लागि दुई नायिका छानिएका छन् । यो फिल्मका लागि दबंग शृंखलाकी अभिनेत्री सोनाक्षी सिन्हा चयन भएकी छन् । यस्तै सलमान खानकी प्रेमिकाका रूपमा चर्चा पाएकी लुलिया बन्तुर पनि यो फिल्मका लागि छानिएकी छन् । फिल्ममा यसपटक सोनाक्षी सलमानको विपक्षी भूमिकामा हुने सक्ने बताइएको छ ।
सलमानले लुलियालाई नायिकाका रूपमा र सोनाक्षीलाई विपक्षी भूमिकामा ल्याउने तयारी गरिरहेका छन् । जबकि यसअघिका दुवै शृंखलामा सोनाक्षी नायिकाकै भूमिकामा छिन् । त्यसैले सोनाक्षी नै नायिका हुनुपर्ने सल्लाह अरबाजले दिँदै आएका छन् । यो फिल्मको निर्देशन प्रभु देवाले गर्ने भएका छन् । फिल्मको स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको र प्राविधिक चयन कार्य भइरहेको यसका निर्माता अरबाज खानले बताएका छन् ।राजधानी दैनिकबाट
No comments:
Post a Comment