चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलको टप पाँच छनोट भएको छ। शुक्रबार प्रसारण भएको शोबाट सुरज थापा बाहिरिएका छन्। नेपाल आइडलको दावेदार मानिएका नेपालगंजका सुरजको नेपाल आइडलको यात्रा समाप्त भएको हो। उनको जन्म दैलेख जिल्लामा भएको थियो। नेपाली सांगीतिक क्षेत्रमा अनवरत लागेका सुरज नेपाल आइडल बाट चर्चित बनेका छन्।
“आमा ले सोध्लिन नि” गीत गाएर नेपाल आईडलको प्रथम संस्करणको अहिलेसम्मको उत्कृष्ट प्रस्तुती दिएका सुरज थापा अब नेपाल आईडलको मन्चमा देखिने छैनन। उनी सँगै डेन्जर जोनमा निशान भट्टराई र सुजाता पाण्डे परेका थिए। दर्शकको कम भोट पाएको आधारमा सुरज बाहिरिएका हुन्। सुरजले बहुला हुँ म बहुला, ओ प्रिया, रान्झा हुँ मे रान्झा जस्ता चर्चित गीतहरु गएका छन्।
अब नेपाल आइडलको शिर्ष पाँचमा सुजाता पाण्डे, प्रताप दास, बुद्ध लामा, निशान भट्टराई र सागर आले रहेका छन्। यी प्रतिस्पर्धी बीच उपाधिको लडाई हुनेछ। प्रतियोगिताको फाइनल कतारमा आयोजना गर्ने तयारी भएको छ।
No comments:
Post a Comment