सुन्दै अचम्म लाग्ने: यस्तो चमत्कारी कुखुरा जस्ले २४ घण्टामै पार्‍यो ३६ अण्डा ! - KTV Khabar

Breaking

सुन्दै अचम्म लाग्ने: यस्तो चमत्कारी कुखुरा जस्ले २४ घण्टामै पार्‍यो ३६ अण्डा !

;

एउटा पोथी कुखुराले एक दिनमा धेरैमा कतिवटा अण्डा पार्न सक्ला ? त्यहि २-३ वटा ।

तर भारतमा भने एउटा कुखुराले सबैलाई अचम्ममा पारिदिएको छ । जयपुरस्थित घाटगेट इलाकामा बस्ने एक व्यक्तिले पालेको एक कुखुराले मात्र २४ घण्टामा ३६ वटा अण्डा पारेको छ । यो सुन्दा एकदमै अचम्म लाग्यो होला ? तर यो घटना वास्तविक हो।

रइस खान नामक व्यक्तिको घरमा पालेको कुखुराले त्यति धेरै अण्डा पारेको हो । यहि कारणले गर्दा उक्त कुखुरा अहिले चर्चित बन्न पुगेको छ। त्यति धेरै अण्डा पार्न सकेको कुखुरा भन्दै मान्छेहरु टाढा टाढा बाट उक्त कुखुरालाई इश्वरको चमत्कार भन्दै हेर्न आउदैं छन्।

खासमा उनले त्यस चमत्कारी कुखुरा मासु खान भन्दै बजारबाट ल्याएका हुन् । उनले त्यो कुखुरा घरमा थुनेर बाहिर गएका थिए। जब उनि बेलुका घर फर्किए तब उनि तिनछक परे।

त्यो कुखुराले जम्मा १२ घण्टामा १६ वटा अण्डा पारिसकेका थिए। अर्को बिहान भने त्यो कुखुराले ३६ वटा अण्डा पारिसकेको थियो।

त्यसैले यो कुखुरालाई चमत्कारी कुखुरा भन्दा केहि फरक पर्दैन।

No comments:

Post a Comment