युवतीलाई तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरि गरि हत्या.. - KTV Khabar

Breaking

युवतीलाई तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरि गरि हत्या..

;

कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूलामा बलात्कारपछि एक २० वर्षीया युवतीको हत्या भएको छ। दैलेख र कालिकोटको सीमानामा पर्ने खिड्कीज्यूलाको एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कारपछि ति युवतीको हत्या भएको हो। सुर्खेतबाट कालिकोट घर जान हिँडेकी युवतीलाई ट्रक चालकले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ना ५ ख १८८७ नम्बरको ट्रकका चालकले ति युवतीलाई निशुल्क कालिकोटसम्म लगिदिने भन्दै ट्रकमा चढाएका थिए। तर, राजमार्गको गगनेखोलमा पहिरो आएपछि उनीहरु अगाडि बढ्न सकेनन्। सुर्खेतको वीरेन्द्रनगर निवासी ३२ वर्षीय चालक लक्ष्मीप्रसाद आचार्यले स्थानीय आले होटलमा तीन दिनसम्म युवतीलाई बन्धक बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बन्धक बनाएर बलात्कार गरेको र त्यसपछि हत्या गरेको आरोपमा प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएको छ।

यो सामाग्री पनि पढ्नुहोस् :

मलेसियामा नेपाली र तमिलबीच छुरा हानाहान, ८ नेपाली सम्पर्कविहीन

दैलेखका डीएसपी सरोज पौडेलले युवतीलाई बलात्कार गरेको र त्यसपछि विष खुवाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनले भने, ‘युवतीलाई बन्धक बनाएको पुष्टी भएको छ, शारीरिक शोषणपछि हत्या भएको हामीले आंशका गरेका छौं। घटनाको थप अनुसन्धान जारी छ, हामीलाई ट्रक चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं।’

यो भिडियो पनि हेर्नुहोस् :

पाकिस्तानी मानिस नेपाल र नेपाली बारे के सोच्छन ??

No comments:

Post a Comment