२०४९ मा पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मिएकी हुन् नीलम ढुंगाना । पारिवारिक सुखसयलमै हुर्किएकी उनको बाल्यकाल औसत बालबालिकासरह नै बित्यो । बुबा जागिरे भएकाले पनि परिवारको आर्थिक अवस्था मध्यमस्तरकै थियो, खासै दुःख झेल्नु परेन ।
कामको सिलसिलामा बुबा ठाउँ सरिरहनुपर्दा उनले विभिन्न स्कुल चहार्नुपर्यो । बाबु दधिराम ढुंगाना पेशाले लेखा परीक्षक थिए । नीलम परिवारकी कान्छी छोरी, त्यसैले बुबाआमा, दाइदिदीको लाडप्यार पाउने भइहालिन् ।
बुबा जागिरको सिलसिलामा केही समयको लागि काठमाडौं आउनुपर्यो, त्यसैले उनको प्रारम्भिक पठनपाठन पनि कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा भयो । तर, त्यहाँ लामो समय भने पढ्न पाइनन् । हाम्रो दमकडटकमको तर्फबाट यो हप्ताको Face of the Week का लागि सन्तोष निरौलाले फोनमार्फत गर्नु भएको अन्तरंग कुराकानी जस्ताको तस्तै |
आजभोलि के मा, कहाँ ब्यस्त हुनुहुन्छ ?
धेरै जसो म डान्स मै ब्यस्त हुन्छु, आज पनि बिराट्नगरमा कार्यक्रम सकेर भखर मात्र काठमाडौ आइपुग्दैछु ।
यो क्षेत्रमा आउनुमा कस्को योगदान रहेको छ ?
मेरो आफनै हो, म सानै देखि नित्य गर्थे त्यहि भएर पनि होला, खासै कसैबाट योगदान लिनु परेन |
पढाइचै कहाँ पुराउनु भयो त ?
अब मास्टर जैन गर्दै छु |
तपाईं त एउटा खुट्टाले नै नाचेर सबैलाई मनोरन्जन दिई रहेनु भएको छ, यो घटना कहिले र कसरी भयो ?
२०६४ सालमा भएको हो, साथीलाई गुमाए, मेरो यो हालत भयो | इटहरीको बुढीखोला छेउमा मेरो साथी अन्जाना राई र म स्कुल जाँदै थियौ पछाडिबाट ट्रकले ठकर दिएरर यस्तो भयो |
सगैको आफ्नो जनिकको साथी गुमाउनु भयो आज तपाई यो स्थानमा पुग्नु भएको छ | साथीको आत्मा शान्तिको लागी केही गर्नु भयो कि छैन ?
लाग्छ आज सम्म मेरो साथीकै नाममा त त्यस्तो केही गरेको छैन, साचै हो सन्तोस सर आज तपाइले चै सम्झना दिलाई दिनुभयो अब चै सोचन्नेछु यो बारेमा ।
तपाईं यसरी एउटा खुट्टाले मात्र नित्य गर्दा आफुले आफुलाइ के सम्झनु हुन्छ अथवा कस्तो महशुस गर्नुहुन्छ ?
श्रोताहरुको उल्लेखनीय उपस्थिती भरपुर माया, साथ र हौसला देखेर साचिकै आफुलाई एकदमै भाग्यमानी महशुस गर्छु ।
हङकङ, सिङ्ग्पुर, मलेसिया, दुबइ यस्तैहो, ४/५ देशमा गएको छु |
देश भित्र कति जिल्लामा पुगेर आफ्नो कला देखाई सक्नु भएको छ ?
पुर्व नेपालको धेरै ठाउँ पुगेको छु तर हिमाली भागमा भने मा जान सक्दिन, पश्चिम तिर पनि गएको छु यति नै ठाउमा भनेर चै म अहिले भन्न सक्दिन, तर तराईका धेरै ठाउमा पुगेको छु ।
कलाकारहरु त देशका गहना हुन् तर पनि पछिल्लो पटक कलाकारहरु राजनीतिमा प्रवेश गरिरहेको अवस्था छ तपाइको पनि आफ्नो पाटी होला नि ?
हाउडे हुन तिनिहरु सबै, छैन म त कुनै पाटिमा, हरेकको आफ्नो आफ्नो राजनीति आस्था हुन्छ | छ भनेर त्यसरी म चिनाउन पनि चाहदिन अरु कलाकार जस्तो कुनै पाटिको कलाकार हैन श्रोताहरुको कलाकार भएर चिनिन चाहन्छु |
राजनीतिकै कुरामा तपाईं गिरिजाप्रसाद कोइराला कि मदन भन्डारीलाई मान्नु हुन्छ ?
राजनिती आस्था आफ्नो ठाउमा छ, यहि मन पर्छ भन्ने नभन्ने आफ्नो कुरा हो |
फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
पुस्तक पढछु, टिभी हेर्छु अनि बढी जसो नित्यको स्टेपहरु सिक्छु |
अहिले सम्म यो ठाउमा आइ पुग्दा कुनै दिन धेरै आँसु पनि झर्यो होला, त्यतिनै हासों पनि आयो होला त्यस्ता दिनलाई सम्झदा कुन दिनलाई बढी याद गर्नु हुन्छ ?
जुन दिन मेरो दुर्घटना भएर खुट्टा यस्तो भयो, सगैको साथी गुमाए मेरो दुखको दिन धेरै आँसु बगाएको दिन त्यहि हो | अनि मेरो सानै देखिको सपना थियो नित्य गर्ने अब गुमेछ, म सक्दिन भन्ने लागेको थियो तर जुन दिन एउटा खुट्टाले नित्य गर्न सफल भए त्यो दिन मेरो जिवनको धेरै खुसी भएको दिन थियो | आँसु अनि खुसि सबै मेरो यहि खुट्टा सगै जोडिएको छ सन्तोष सर ।
पहिलो पल्ट एउटा खुट्टाले मात्र नित्य कहाँ गर्नु भएको थियो ?
बिराट्नगरमा भएको एक कार्यक्रममा यो अवसर पाएको थिए त्यहिबाट झन अघि बड्ने मौका र हौसला पाए ।